अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दैलेखको दुल्लु घर भइ काठमाडौँको नागार्जुन बस्ने ४० वर्षीय कुलबहादुर पन्तलाई पक्राउ गरेको हो ।

उनले पीडितलाई अमेरिका पठाइदिन्छु, त्यसका लागि १३ लाख रुपैयाँ लाग्छ भनी प्रलोभनमा पारी ११ लाख ५० हजार रुपैयाँ रकम लिई फरार भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी उपस्थित गराइदिन वैदेशिक रोजगार विभागले पत्राचार गरेअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको बसुन्धराबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : २० बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार