जनतालाई गुणस्तरीय सेवा दिन सक्नुपर्छ : प्रधानमन्त्री « Khabarhub

जनतालाई गुणस्तरीय सेवा दिन सक्नुपर्छ : प्रधानमन्त्री


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई गुणस्तरीय सेवासुविधा दिनसक्नुपर्ने बताएका छन् ।

कैलालीको मध्य क्षेत्रमा रहेको गौरीगङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन उनले सुविधायुक्त भवन निर्माण भएपछि यसबाट जनतालाई पनि गुणस्तरीय सेवासुविधा दिने विषयमा ध्यान दिन आग्रह गरे।

सुदूरपश्चिमको विकासमा आफूले विषेश प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने, अनुदानमा महाकाली नदीमा पुल बनाउने, राजमार्ग निर्माण गर्नेलगायतका विकासका काममा प्राथमिकता दिइएको बताए । उनले नगरपालिकामा चक्रपथ निर्माणका साथै नदी कटान रोकथाममा सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सोही क्षेत्र (कैलाली–४)बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरले नदी कटान रोकथाम र गोदावरीमा प्रदेशको राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

नगरपालिकाको वडा नं १ मा नवनिर्मित अत्याधुनिक प्रशासकीय भवन नगरपालिका र नेपाल सरकारको रु छ करोड ८६ हजारको लागतमा निर्माण पूरा भएको नगरप्रमुख देवीदत्त कँडेलले जानकारी दिए। हालै निर्माण पूरा भएको यो तीनतले भवनमा २४ कोठा छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ९ : ३२ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने