जनतालाई गुणस्तरीय सेवा दिन सक्नुपर्छ : प्रधानमन्त्री « Khabarhub

जनतालाई गुणस्तरीय सेवा दिन सक्नुपर्छ : प्रधानमन्त्री


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई गुणस्तरीय सेवासुविधा दिनसक्नुपर्ने बताएका छन् ।

कैलालीको मध्य क्षेत्रमा रहेको गौरीगङ्गा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन उनले सुविधायुक्त भवन निर्माण भएपछि यसबाट जनतालाई पनि गुणस्तरीय सेवासुविधा दिने विषयमा ध्यान दिन आग्रह गरे।

सुदूरपश्चिमको विकासमा आफूले विषेश प्राथमिकता दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्ने, अनुदानमा महाकाली नदीमा पुल बनाउने, राजमार्ग निर्माण गर्नेलगायतका विकासका काममा प्राथमिकता दिइएको बताए । उनले नगरपालिकामा चक्रपथ निर्माणका साथै नदी कटान रोकथाममा सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा सोही क्षेत्र (कैलाली–४)बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरले नदी कटान रोकथाम र गोदावरीमा प्रदेशको राजधानी निर्माणका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

नगरपालिकाको वडा नं १ मा नवनिर्मित अत्याधुनिक प्रशासकीय भवन नगरपालिका र नेपाल सरकारको रु छ करोड ८६ हजारको लागतमा निर्माण पूरा भएको नगरप्रमुख देवीदत्त कँडेलले जानकारी दिए। हालै निर्माण पूरा भएको यो तीनतले भवनमा २४ कोठा छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ९ : ३२ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय