केराको बोक्राको फाइदा– शरीरको मुसा हटाउनदेखि कोलेस्ट्रोल नियन्त्रण गर्नसम्म « Khabarhub

केराको बोक्राको फाइदा– शरीरको मुसा हटाउनदेखि कोलेस्ट्रोल नियन्त्रण गर्नसम्म


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

केरा स्वास्थ्यका हिसावमा निकै लाभदायक फलफूल हो । केरामा मानव शरीरलाई आवश्य पर्ने धेरै पौष्टिक तत्वहरु पाइन्छ ।

केरामा भिटामिन बी-६, बी-१२, पोटाशियम र म्याग्नेशियम जस्ता आवश्यक पोषक तत्व पाईन्छ । बिशेष गरि केरा मसल्स र तौल बढाउनको लागि उपयोगी हुन्छ ।

केरा खाँदा बोक्रा फाल्नु स्वभाविक हो । तर तपाईलाई थाहा नहुन सक्छ केराको बोक्रामा गुदीमा भन्दा धेरै भिटामिन पाइन्छ । केराको बोक्रामा भिटामिन ए प्रचुर मात्रमा हुन्छ । जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउँछ ।

जसमा लुटेनिन नामक एक तत्व हुन्छ, जुन आँखालाई स्वस्थ राख्न मद्दत गर्छ तथा जसमा भरिपूर्ण मात्रामा फाइबर हुन्छ । जसले शरीरमा कोलेस्ट्रोल नियन्त्रित गर्नुको साथै वजन कम गर्न पनि मद्दत गर्छ ।

केराको बोक्राले स्वास्थ्यमा पर्ने प्रभावलाई लिएर गरिएको जापानी साइन्टिफिक रिसर्चमा जनाइए अनुसार पहेँलो रंगको केराको बोक्रा क्यान्सरप्रतिरोधी गुणले भरिपूर्ण हुन्छ । यसले शरीरमा व्हाइट ब्लड सेल्सको निर्माणमा मद्दत गर्छ ।

एक अध्ययनको अनुसार, केराको हरियो बोक्रामा ट्रिप्टोफन नामक एमिनो एसिड हुन्छ, जसले राती राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ ।

केराको बोक्रोमा पाईने सेरोटोनिन तनाव कम गर्नमा तथा डोपामिन मुटुको धड्कनलाई दुरुस्त गर्न तथा किड्नीलाई प्रयाप्त मात्रामा रगत आपूर्ति गर्नका लागि मद्दतगार हुन्छ ।

केराको बोक्रा अनुहारमा दल्नाले अनुहारमा चमक आउँछ ।

यदि कुनै मानिस तनाबमा छ भने एक गिलास पानीमा सफा केराको बोक्रा भिजाएर खायो भने तनाब कम हुन्छ ।

कहिलेकाँही भाँडा माझ्दा या कपडा धुँदा पानीको असर देखिन्छ त्यस्तो असर कम गर्न केराको बोक्रा लाभदायक हुन्छ ।
केराको बोक्राले दाँतमा घोट्यो भने दाँतको पहेँलोपन हट्छ ।

यदि तपाईको शरिरमा मुसा आएको छ भने उक्त मुसा भएको ठाउँमा केराको बोक्रा टेपको सहायताले केहीदिनसम्म टाँस्यो भने मुसा भगाउन सकिन्छ ।
हरियो केराको बोक्रालाई तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १ : ४३ बजे

पौवादुङमा किशोरी लक्षित एचपीभी खोप अभियान

भोजपुर– पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालनको

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका

राजपाल यादवको संकटमा सलमान–अजयसहित बलिउड कलाकारहरूको साथ

काठमाडौं– चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई

सोलुखुम्बुका सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सोलुखुम्बु जिल्लामा कार्यरत सुरक्षा निकायका प्रमुखहरूसँग

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक