राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने « Khabarhub

राजदेवी मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिरहा– मधेस प्रदेशसभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चवती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ ।

मधेस प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेस फाउन्डेसनको सहकार्यमा सिराहाको लहान नगरपालिका–१५ ढोढनास्थित मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा स्थानीय जनताको गुनासो सम्बोधन गर्दै प्रदेश सांसदले  उक्त मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गर्ने प्रतिबद्धता जनाएका हुन् । 

जिल्लामा व्याप्त बेरोजगारी, खस्किँदो शिक्षाको स्तर, सरकारी कामकाजमा आफूहरूले भोग्नु परेका असहजता, कृषि, सिँचाइलगायत विषयमा सहभागीले गुनासो राखेका थिए । 

नागरिकका गुनासोहरूको सम्बोधन गर्दै प्रदेश सांसद तथा प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामसरोज प्रसाद यादवले आफूले विकास समितिमा तथा प्रदेशसभामा नागरिकका गुनासोहरू उठाउने तथा सम्बोधन गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी मन्दिरलगायत पर्यटकीय क्षेत्र सलहेस, कमलदह, बाबाताल, हात्तीदहलाई विधेयकमा समेटिने जानकारी दिए।

कार्यक्रममा विकास समितिका सांसदहरू रामसरोज यादव, रत्नेश्वरलाल गोइत, राजेन्द्रप्रसाद चौधरी र शम्भुकुमार साहको उपस्थिति थियो । उनीहरुले सिँचाई, कृषिको आधुनिकीकरण र व्यवसायिकरण, विद्युतीकरण, चुरे संरक्षणलगायत विषयमा तीन तहको सरकार मिलेर समस्या समाधान गर्नुपर्नेमा जोड् दिएका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १२ : ३६ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर