भूकम्पपीडितलाई सरकारले सघाउँछ : गृहमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

भूकम्पपीडितलाई सरकारले सघाउँछ : गृहमन्त्री श्रेष्ठ


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पपीडितलाई सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । पीडित परिवारलाई राहत सामग्रीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

जाजरकोट सदरमुकाममा सरोकारवाला निकायसँग भूकम्प प्रभावित क्षेत्रमा सरकारले गरेका कामका बारेमा जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले पीडितलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आज मन्त्रिपरिषद्को बैठक, विपद् व्यवस्थापन परिषद्को बैठक बसेर सबै ठाउँका अस्पताललाई भूकम्पपीडितको अविलम्ब उपचारको व्यवस्था गर्न निर्देशन दिइएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले पूर्ण रुपमा भत्किएका र आंशिक रुपमा भत्किएका घरको मूल्याङ्कन, क्षतिका आधारमा राहतको व्यवस्था, तत्काल उपलब्ध गराउनुपर्ने त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । उनले रेडक्रसलगायत मानवीय सहायता निकायलाई सहयोग परिचालन गर्न आग्रह पनि गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : २१ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय