भूकम्पपीडितलाई बाँके र बर्दियाबाट १० लाखको राहत  | Khabarhub Khabarhub

भूकम्पपीडितलाई बाँके र बर्दियाबाट १० लाखको राहत 


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

राँझा– जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई नेकपा (एमाले) बाँके र बर्दियाको तर्फबाट करिब रु १० लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ । 

भूकम्पपीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा र कम्बलको व्यवस्था गरी प्रभावित क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिएका छन् । उनका अनुसार एमाले बाँकेको तर्फबाट जाजरकोटका भूकम्पपीडितका लागि ९८ बोरा चामल, तीन सय ५० थान कम्बल, लत्ताकपडा, चिउरा, भुजा र चाउचाउ गरी रु पाँच लाख ७५ हजार बढीको राहत सामग्री प्रदान गरिएको छ । 

एमाले बर्दियाको तर्फबाट रुकुम पश्चिमका भूकम्पपीडितलाई रु चार लाख ७५ हजार बराबरको एक सय क्विन्टल चामल प्रदान गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा पुगेकी एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले तत्काललाई राहतस्वरुप खाद्य सामग्री र लत्ताकपडा तथा कम्बल उपलब्ध गराइएको बताइन् । 

अर्यालको नेतृत्वमा बर्दियामा रहेका केन्द्रीय सदस्य, सांसद र पार्टी नेता राहत लिएर सोमबार जाजरकोट पुगेका हुन् । 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १० : ३९ बजे

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

विप्लव, घनश्याम र जनार्दनबीच भेट, वैकल्पिक राजनीति ध्रुवीकरण बनाउनेबारे छलफल 

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

पूर्वप्रधानमन्त्रीद्धय दाहाल र खनालबीच भेटवार्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव