'हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस'मा पाँच नेपाली राइडर | Khabarhub Khabarhub

‘हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस’मा पाँच नेपाली राइडर


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको गुवाहिटीमा सुरु भएको ‘हिरो एक्सट्रयाक्स टाइम ट्रायल रेस’ प्रतियोगितामा नेपाली पाँच जना राइडर पनि सहभागी भएका छन् । चर्चित मोटरबाइक कम्पनी हिरोले सञ्चालन गरेको रेस प्रतियोगितामा पाँच जना नेपाली राइडर सहभागी भएका हुन् । 

नेपालमा आधिकारिक रुपमा दर्ता भएको एक्सपल्स राइडर्स नेपाल, क्लबमा आबद्ध भएका राइडरहरु बिहीबारदेखि सुरु भएको रेसमा सहभागी भएका हुन् ।
प्रतियोगितामा सहभागी भएका नेपाली राइडरहरु मुकुन्द पोखरेल, रामविक्रम थापा, आशुतोष खत्री, अभिषेक सिटौला र सन्तोष श्रेष्ठ छन् ।

उनीहरु बुधबार पशुपतिमा पूजा गर्दै नेपालको झण्डा फहराएर भारत प्रस्थान गरेका थिए । पशुपतिमा भएको बिदाई कार्यक्रममा नेपाल टूरिजम फेस्टिभलका संस्थापक विष्णु विवेक र एक्सपल्स राइडर्स नेपाल, क्लबका अध्यक्ष कुन्दन श्रेष्ठले पाँच जना राइडरलाई संयुक्त रुपमा नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

राइडरहरुलाई एक्सपल्स राइडर्स नेपाल, क्लबका सदस्यहरुले आर्थिक सहयोगसमेत गरेका छन् । राइडर क्लबका सदस्यको सहयोग र हौसलाले भारतमा जारी प्रतियोगितामा जित हात पार्न थप मनोबल बढेको भारत प्रस्थान गरेका राइडरमध्ये मुकुन्दराज पोखरेलले बताए ।

‘पहिलोपटक यसरी प्रतियोगितामा सहभागी हुन पाउँदा खुशी लागेको छ’ उनले भने, ‘एक्सपल्स राइडर्स नेपाल, क्लबका सदस्य, नासा र साथीहरूको सहयोग र हौसला लिएर रेसमा जान पाउँदा हौसला बढेको छ ।’

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : ०१ बजे

हुम्लाको डाँडाफयामा भालुको आतंक

सिमकोट– यतिबेला हुम्लाको सिमकोट सिमकोट गाउँपालिका–७, डाँडाफया गाउँमा भालुले आतंक

बेनी–दरबाङ सडक : छ वर्षमा पनि योजना अधुरै

म्याग्दी– म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने

ह्यात होटल बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सीको

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं – सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन

मिथिलामा औपचारिक रूपमा छठ सुरु

धनुषा – मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ।