टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह | Khabarhub Khabarhub

टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरण अनुगमन महाशाखाले टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी नेपाल सरकारको निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरुलाई टिकटक बन्दका लागि यसअघि नै निर्देशन दिइसकेको स्मरण गराएको छ ।

टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले सो निर्देशन कार्यान्वयन नगरेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन प्राधिकरणले अनुरोध गरेको हो ।

सरकारले गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठककाे निर्णयअनुसार सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परको भन्दै तत्काल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ९ : ३० बजे

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती

दार्चुला– व्यास गाउँपालिका–४ स्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको

महाकाली सिँचाइ तेस्रो चरणमा

कञ्चनपुर– राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको

पत्रकारलाई सेनाको तालिम

काठमाडौं – महोत्तरीको बर्दीबासस्थित नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टरले

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी

तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा

सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष