यतीको पाँचौँ एटीआर विमान भित्रियो « Khabarhub

यतीको पाँचौँ एटीआर विमान भित्रियो


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान भित्र्याएको छ ।

कलसाइन नाइन एन एएनजी विमान थाइल्याण्डको राजधानी बैंककबाट उडेर शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ यतीले विमान थपेको हो ।

उक्त लक्ष्य हासिल गर्न थपिएका विमानले सहयोग पुग्ने एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले बताए । नयाँ एटीआर फ्रान्सेली–इटालियन कन्सोर्टियमद्वारा निर्मित ट्वीन इञ्जिन टर्बोप्रोप विमान हो ।

सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् । कम्पनीले विभिन्न नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ७ : १५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक