गिडिदह प्रवर्द्धनका लाग पदमार्ग | Khabarhub Khabarhub

गिडिदह प्रवर्द्धनका लाग पदमार्ग


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–४ मा रहेको ताल गिडिदह प्रवर्द्धनका लाग पदमार्ग निर्माण गरिएको छ । गिडीदहमा पर्यटक बढाउने उद्देश्यले पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्वबारे थप प्रचारप्रसार सुरु गरिएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइँले बताए। 

अप्ठ्यारो बाटो, उचित बासस्थानको अभावलगायतले गिडीदहमा पर्यटक जान कठिन छ । यहाँका सुन्दर पाटन, भेडीखर्क, तालतलैया, जडीबुटी र फूलको अवलोकनका लागि पर्यटक आकर्षित गर्न सकिन्छ । दहसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग बनाउन सुरु गरिएको हो । 

पर्यटनमार्फत आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्यसहित काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाको भनाइ छ । समुद्री सतहदेखि तीन हजार ४८२ मिटर उचाइमा अवस्थित गिडिदहमा दुईवटा दह (ताल) छन् । 

‘गिडीदहसम्म पुग्न बाटो ठूलो समस्या हो । त्यसपछि खान र बस्नको पनि समस्या छ’, वडाध्यक्ष रोकायाले भने । गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत तातोपानीका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्ने नीति लिएको थियो ।

 https://drive.google.com/file/d/1LDghVFZgTpGsm4dj65PrWMtGv_em-xLl/view?usp=drive_link

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ५ : ०४ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले