‘काठमाडौँ घोषणापत्र’ कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री यादव « Khabarhub

‘काठमाडौँ घोषणापत्र’ कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री यादव


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘काठमाडौँ घोषणापत्र’का सुझावहरूलाई कार्यान्वयनमा लैजान सरकार तत्पर रहेको बताएका छन् । 

उनले भने, ‘सम्मेलन पश्चात् तयार हुने ‘काठमाडौँ घोषणापत्र’का सुझावहरूलाई मन्त्रालयमा छलफल गरी कार्यान्वयनमा लैजान सरकार तत्पर रहेको छ।’

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सिप र अनुभवलाई अवसरसँग जोड्न ‘रिटर्नी कनेक्ट’ र देशभित्रै प्लेटफर्म इकोनोमी विस्तार गर्न ‘श्रम सेवा’ नामक दुई डिजिटल प्लेटफर्म समेत सञ्चालनमा ल्याउँदै गरेको उनको भनाइ छ।

मन्त्री यादवले  विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताएका छन् । उनका अनुसार युवा स्वरोजगार कोषमार्फत विना धितो लोनका साथै बिजनेस आइडिएसन र मार्गदर्शनसहितका ‘युवा उद्यम सारथी’, ‘कर्मयोगी श्रम सम्मान योजना’ र ‘उद्यम बनाऊ उद्यम बढाऊ’ जस्ता कार्यक्रमहरू आगामी महिना ल्याउन लागिएको हो।

मन्त्री यादवले नेपालको इतिहासमै पहिलो पटक बनाइँदै गरेको ‘केयर इकोनोमी पोलिसी’ मार्फत आगामी पाँच वर्षभित्र १ लाख युवालाई स्वदेशमै रोजगारी दिने लक्ष्य राखिएको बताएका छन् । 

श्रम तथा रोजगारीको क्षेत्रमा रहेका वर्षौँदेखिका बेथितिहरू हटाउँदै नीति, ऐन र नियमावलीमा समयानुकूल सुधार भइरहेको उनको भनाइ छ। 

मन्त्री यादवले नेपालमा पहिलो पटक निर्माण भइरहेको राष्ट्रिय रोजगार ऐनमा सामाजिक उद्यमशीलतालाई समेट्ने घोषणा गरिएको  बताए । 

१९ वर्षपछि वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गरिएको उनको भनाइ छ। उनका अनुसार सङ्घीयतापछि पहिलो पटक राष्ट्रिय युवा ऐन संशोधन गर्दै राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नेपालकै इतिहासमा पहिलो पटक ३५ वर्ष मुनिका युवालाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तन, डिजिटल गभर्नेन्स, उद्यमशीलता, मानसिक स्वास्थ्य, खेलकुद, सामाजिक समानता र नागरिक सहभागिता जस्ता विषयमा छलफल हुनेछ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ३ : ५७ बजे

एसिया कप राइजिङ स्टार्स फाइनल : श्रीलङ्काविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौँ – एसीसी एसिया कप राइजिङ स्टार्सको फाइनल खेलमा श्रीलङ्का

‘काठमाडौँ घोषणापत्र’ कार्यान्वयनमा सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– राष्ट्रिय युवा सम्मेलन २०२६ लाई सम्बोधन गर्दै युवा, श्रम

‘सार्वजनिक ओहोदामा रहेका सबैको सम्पत्ति छानबिन गर्न कांग्रेस तयार छ’

काठमाडाैँ – नेपाली कांग्रेसका सभापति गगन थापाले विधान विपरीत चल्ने

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ योजना, १ लाखसम्मको बीमा सुरक्षा

काठमाडौँ–  इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान

एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का भिड्दै

काठमाडौँ – एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स (इमर्जिङ टिम्स