नेपालमा नर्सको हाहाकार, बेलायत पठाउन कोटा पुगेन, ८० प्रतिशतले लाइसेन्स नै पाएनन् « Khabarhub

नेपालमा नर्सको हाहाकार, बेलायत पठाउन कोटा पुगेन, ८० प्रतिशतले लाइसेन्स नै पाएनन्


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी नीतिका कारण नेपालमा नर्सिङ कलेजहरू धमाधम बन्द हुँदै गएको चर्चा चलिरहेकै बेला रोजगारीको क्षेत्रमा नर्सहरूको अभाव देखिन थालेको छ । 

रोजगारीमा बेलायत पठाउन सरकारले तोकेको नर्सहरूको कोटासमेत पूरा हुन नसकेको पाइएको छ । अर्कोतर्फ, लाइसेन्सका लागि भएको परीक्षामा ८० प्रतिशत भन्दा बढी नर्सहरू फेल भएका छन् ।

नेपाल सरकारले पहिलोचोटि ‘पाइलट प्रोजेक्ट’का रुपमा एक सयजना नर्सहरूलाई बेलायत पठाउने गरी त्यहाँको सरकारसँग सम्झौता गरेको थियो । तर, यसका लागि खोलिएको आवेदनमा आवश्यकता भन्दा कमको मात्र नाम निस्किएको छ ।

वैदेशिक रोजगार विभाग स्रोतका अनुसार एक सयजना नर्सहरू मागिएकोमा ७१ जनाको मात्रै ‘सर्ट लिस्ट’ मा नाम निस्किएको छ । आवेदन दिनेहरू ७ सय ७१ जना भए पनि अधिकांश नर्सले मागअनुसारको कागजात पुर्‍याउन नसकेको र धेरै नर्सहरू अनुत्तीर्ण भएको स्रोतको भनाइ छ ।

बेलायतमा रोजगारी गर्न चाहने इच्छुक नर्सहरूका लागि सरकारले गत जुलाई २० मा गोरखापत्रमा सूचना नै प्रकाशित गरेर ९० दिनभित्र आवेदन दिन भनेको थियो ।

नेपाल नर्सिङ काउन्सिलका अनुसार देशमा ६७ हजार भन्दा बढी नर्स छन् । यीमध्येबाट १० हजार नर्सहरूलाई विभिन्न चरणमा रोजगारीका लागि बेलायत पठाइने काउन्सिलले दाबी गर्दै आएको छ ।

८० प्रतिशत नर्स अयोग्य
यसैबीच, नेपाल नर्सिङ परिषदले लाइसेन्सका लागि लिएको यस वर्षको परीक्षामा ८० प्रतिशत नर्सहरु अनुत्तीर्ण भएका छन् । नर्सको ३४औँ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक हुँदा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका हुन् ।

शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नेपालमा नर्सिङ पढाइको गुणस्तरमाथि नै प्रश्नचिह्न खडा गरिदिएको छ ।

परिषदका अनुसार पीसीएल नर्सिङतर्फ १ हजार २ सय ७० जना सहभागी भएका थिए । तीमध्ये २ सय ४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : ४८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को