काठमाडौँमा आजदेखि कला उत्सव सुरु हुँदै | Khabarhub Khabarhub

काठमाडौँमा आजदेखि कला उत्सव सुरु हुँदै


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले महोत्सव आयोजना गरेको हो ।

कूल ३९ देशका ३४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौँ आइसकेका छन् ।

कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने एक सय ५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पुर्‍याउन सहयोग पुग्ने कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी दिए ।

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइने ३४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ ।  

उद्घाटन पछि नेपाल कला परिषद् बबरमहलमा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने समाजका अध्यक्ष एवं महोत्सव संयोजक गुरुङले बताए ।

उनले झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गराई कला सृजना गराइने छ ।

धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्र जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पस्किन पाइने र पर्यटन प्रवर्द्धनमा पनि ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ । यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभिन्न क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेको छ । महोत्सव मङ्सिर २० गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ९ : ४० बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध