तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र « Khabarhub

तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तामाङ कलाकारहरूकाे छाता संगठन नेपाल तामाङ कलाकार संघको आयोजनामा तामाङ मौलिक सेलो संगीत महोत्सवको तयारी तिव्र पारिएकाे छ ।

तामाङ मौलिक गीत, संगीत, सभ्यता र संस्कृतिको उत्थान तथा प्रबर्द्धन गर्ने मुख्य उदेश्य राखेर तेस्रो पटक महोत्सव गर्न लागेको संघका अध्यक्ष विशाल काल्तानले जानकारी गराए । साथै उनले डम्फू संस्कृतिले तामाङहरुको उत्पत्ति र सभ्यताको विषयमा उजागर गर्ने अनि तिनै डम्फूको जगमा सिर्जित सेलो संस्कृति र ताम्बा संस्कृतिको संरक्षण गर्न महोत्सवले टेवा पुर्‍याउने बताए ।

हराउँदै गएको तामाङ पहिचानलाई बचाउन सांस्कृतिक चिनारी डम्फूताम्बा संस्कृतिलाई राष्ट्रियकरण गर्न यो महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्नेछ । मंसिर २९ र ३० गते बौद्ध चुच्चेपाटीस्थित हायत होटलको प्राङ्गणमा हुने उक्त महोत्सवको तयारी तिव्र बनाइरहेका छन् । सांस्कृतिक प्रस्तुतिहरू देखि प्राविधिक कार्यहरूको समेत तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ ।

महोत्सवमा सांस्कृतिक प्रस्तुतिहरूको साथमा विभिन्न कला, संस्कृति, भेषभुषा र तामाङ पहिचान दिने विभिन्न खानाका परिकारहरूको समेत स्टल रहनेछ । बौद्ध स्थित तामाङ सङ्घसंस्थाहरूसँगको सहकार्यमा सांस्कृतिक र्याली सहित बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गर्ने संघका महासचिव खेम मोक्तानले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ७ : २६ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो