एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै « Khabarhub

एचआइभी सङ्क्रमण रोकथाममा सुधार हुँदै


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– एचआइभी एड्सका बारेमा जनचेतना अभिवृद्धि भएसँगै पहिलेको तुलनामा यो रोगको रोकथाममा उल्लेखनीय सुधार भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

एचआइभी एड्स लागिसकेपछि पूर्णरुपमा निको नहुने भए पनि नियमित रुपमा औषधि खाने सङ्क्रमितको बाँच्ने उमेर बढाउने सकिने स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ट अधिकृत मनोज ओझाले विगतभन्दा सङ्क्रमित समाजमा खुलेर आउने गरेको र जनचेतना पनि अभिवृद्धि हुँदै जाँदा यो रोगको रोकथाममा सुधार हुँदैगएको बताए । उनले भने, “औषधिको अभाव देखिने पहिलेको जस्तो समस्या हाल छैन, सबै ठाउँमा जाँच गर्न नपाउने उतिबेलाको जस्तो समस्या पनि हटेर गएको छ, औषधि पनि अहिले सबैतिर पर्याप्त छ ।”

सन् २०१० को तुलनामा एचआइभी सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । सुदूरपश्चिम प्रदेशमा हाल सरकारी निकायका १७ ठाउँमा र गैरसरकारीका चार ठाउँबाट शङ्कास्पद एचआइभी सङ्क्रमितको जाँच हुने गरेको छ । यस्तै सङ्क्रमितलाई दैनिक औषधि खुवाउनका लागि १७ ठाउँमा एआरबि सेन्टर सञ्चालनमा छन् ।

सङ्क्रमितले हरेक दिन औषधि खानुपर्छ । पछिलो तथ्याङ्क (२०७९/८०) का अनुसार सुदूरपश्चिममा एचआईभीबाट सङ्क्रमित भएको अनुमान गरिएका पाँच हजार एकसय ९० मध्ये चार हजार सात सय १७ जनामा एचआइभी सङ्क्रमण पत्ता लागेको छ ।

तीन हजार छ सय २३ जनाले एआरबि(एन्टिरेक्टो भाइरल) औषधि खाइरहेका छन् भने दुई हजार आठसय ६३ जनाको ‘भाइरल लोड सुप्रेस’को अवस्था छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले भने,“यो रोगको उपचार हुँदैन, नियन्त्रण मात्र गर्न सकिन्छ, पहिलेको भन्दा प्रभावकारी औषधि बनेकाले यो रोग नियन्त्रणमा टेवा पुगिरहेको छ ।”

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : ४१ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार