नेपाल सुपर लिग : आज दुई खेल हुँदै « Khabarhub

नेपाल सुपर लिग : आज दुई खेल हुँदै


३ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज स्पोर्टिङ इलाम र ललितपुर सिटी तथा बुटवल लुम्बिनी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।

आज हुने पहिलो खेलमा इलाम र ललितपुरले खेल्ने छन् । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

जारी लिगमा आज इलामले आठौँ तथा ललितपुरले सातौँ खेल खेल्दैछन् । आजको खेलमा इलाम दोस्रो जितको खोजीमा रहँदा ललितपुर तेस्रो जित सहित तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ ।

यसअघिका खेलमा इलाम एकमा जित दुईमा बराबरी र चारमा हार बेहोर्दै ५ अंकका साथ तालिकाको पुछारमा छ । यस्तै, ललितपुर भने अपराजित छ । दुईमा जित, चारमा बराबरी गर्दै १० अंक जोडेको ललितपुर तेस्रो स्थानमा छ ।

यस्तै, आजै साँझ ५ बजे हुने अर्को खेलमा बुटवल लुम्बिनी र पोखरा थन्डर्स भिड्ने छन् । दुवै टोलीले आज सातौँ खेल खेल्दै छन् ।

यसअघिका खेलमा बुटवल दुईमा जित, एकमा बराबरी र तीनमा हार बेहोर्दै ७ अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ भने पोखरा तीनमा जित, दुईमा बराबरी र एकमा हारसहित ११ अंकका साथ दोस्रो स्थानमा छ ।

आजको खेलमा पोखरा चौथो जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लने प्रयासमा हुनेछ भने ७ अंक भएको बुटवल तेस्रो स्थानको ललितपुरसँग १० अंकको बराबरी गर्ने लक्ष्यमा छ ।

मंसिर ८ गतेदेखि सुरु लिगमा ९ टोली सहभागी छन् ।

 

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १० : १२ बजे

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले