आज २०८० साल पुस ४ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल पुस ४ गते बुधबारको राशिफल


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज २०८० साल पुस ४ गते बुधबार । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः

मेषः दिन सामान्य राम्रो छ । बोलीको प्रभावले काम पुरा गर्नुपर्ने छ । वैदेशिक रोजगारीको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ । परिवारबाट सहयोग मिल्नेछ ।

वृषः दिन राम्रो छ । शिक्षा र स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । पारिवारिक छलफल र सहमति गरेर काम गर्नुपर्ने देखिन्छ ।

मिथुनः कर्म गर्नुपर्ने ठाउँमा अल्छीपन त्याग्नुपर्ने छ । आर्थिक, सामाजिक र वैदेशिक क्षेत्रमा भन्दा शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ ।

कर्कटः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । आफन्तले असहयोग गर्नेछन् । आर्थिक, सामाजिक र शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । प्रेम सम्बन्ध र दाम्पत्य जीवन सफल हुनेछ । जसले गर्दा काम गर्न सजिलो हुन्छ ।

सिंहः आर्थिक कारोबारमा अवरोध देखिन्छ । सामाजिक सम्मान प्राप्त हुने योग रहेको छ । रोजगारमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ । विदेश यात्रा फलदायी हुन्छ । परिवारमा मनमुटाव हुनसक्छ ।

कन्याः परिवारबाट राम्रो सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा निर्णय गर्नुअघि सोच्नुपर्ने देखिन्छ । खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ ।

तुलाः दिन राम्रो छ । बोलीको प्रभावले सबै प्रभावित हुनेछन् । सुरक्षित राखेको धनको सदुपयोग हुनेछ । शिक्षा, स्वास्थ्य, व्यापार र वैदेशिक रोजगारीमा राम्रो अवसर मिल्नसक्छ । दाम्पत्य र प्रेम जीवन सुमधुर बन्नेछ ।

वृश्चिकः आजको दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुने योग छ । पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । यसले काम गर्ने उत्साह बढ्नेछ ।

धनुः आफ्नै बोलीले आफूलाई अप्ठेरोमा पार्ने देखिन्छ । स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्र सुदृढ रहेको छ । आफन्तले सहयोग नगर्ने देखिन्छ । प्रेम र दाम्पत्य सम्बन्धमा खटपटी हुनेछ ।

मकरः दिन राम्रो छ । चिट्ठा वा शेयरमा फाइदा हुनेछ । राम्रो संगतले जीवनमा उत्साह बढ्ने छ । प्रेममा सफलता मिल्नेछ ।

कुम्भः दिन सामान्य छ । ठुलो कारोबार नगर्नु राम्रो हुन्छ । आर्थिक क्षेत्रमा भने प्रगति हुनेछ । परिवारको सहयोग मिल्नेछ ।

मीनः आज तपाईंका चन्द्रमा दाइना छन् । आफ्नो प्रभावले अन्याय गर्नेहरु टाढै रहनेछन् । अन्यायका विरुद्ध बोल्नुभयो भने सन्तुष्टी मिल्नेछ । नयाँ बाटोको सुरुवात हुने योग छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ५ : ०२ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात