मानव अङ्गदान र प्रत्यारोपणमा योगदान गर्न प्रधानमन्त्रीको अपिल  « Khabarhub

मानव अङ्गदान र प्रत्यारोपणमा योगदान गर्न प्रधानमन्त्रीको अपिल 


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अङ्गदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई योगदान गर्न अपिल गरेका छन् ।

शनिबार काठमाडौंमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अङ्गदानका लागि प्रेरित गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले नेपालको अङ्ग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलता सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । 

सामूहिक छलफलका आधारमा सम्मेलनले दिने सुझाव र निकाल्ने निष्कर्ष स्वास्थ्य सेवामा गुणात्मक रूपान्तरणका निम्ति महत्वपूर्ण हुने उल्लेख गर्दै उनले सम्मेलनका सुझाव र निष्कर्षअनुसार यस क्षेत्रमा गर्नुपर्ने सुधारका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आफू दोस्रोपटक प्रधानमन्त्री भएका बेला राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रलाई विस्तार गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष पनि यसबारे पुनः प्रतिबद्धता व्यक्त गरिसकेको दोहोर्‍याए  । उनले शरीरका विभिन्न अङ्ग फेल भई मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने महान् अभियानलाई प्रवर्द्धन गर्न सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका लागि आवश्यक जग्गा उपलब्ध गराउन प्रक्रिया सुरु भइसकेको बताएका छन् । उनले भविष्यमा  स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन तत्काल चिकित्सा शिक्षा ऐनमा संशोधनको आवश्यकता भएको समेत धारणा राखे ।

उनले आफू स्वास्थ्यमन्त्री भएपछि स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्दै अघि बढ्ने प्रयास गरेको भन्दै प्रधानमन्त्रीको समेत साथ र समर्थन प्राप्त भएको जिकिर गरे ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  २ : २९ बजे

हिमालयन रिम फिल्म प्रदर्शनीले चीन-नेपालबीच युवा संवाद प्रवर्द्धन

काठमाडौं- हिमालयन रिम फिल्म प्रदर्शनीअन्तर्गत काठमाडौं विश्वविद्यालयमा आयोजना गरिएको कार्यक्रम

मदुरोमाथि ट्रम्पको दबाब

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट

महिला टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक : नेपालको समूहमा कुन देश ?

काठमाडौं – सन् २०२६ जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी–२०

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा विजयराज न्यौपाने

काठमाडौं– लमजुङबाट काठमाडौँ आई बसोबास गरिरहेका साहित्यकारको साझा संस्था मर्स्याङ्दी

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई