कांग्रेसले मेलमिलाप दिवसमा किन बोलाएन रास्वपा र राप्रपालाई ? « Khabarhub

कांग्रेसले मेलमिलाप दिवसमा किन बोलाएन रास्वपा र राप्रपालाई ?


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । यो दिवसमा कांग्रेसले सम्पूर्ण पार्टीका शीर्ष नेताहरूलाई निम्तो दिएको छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने निम्तो दिएको छैन ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दुवै पार्टीलाई निम्ता नदिएको बताए । उनले खबरहबलाई भने, ‘पार्टीका सबै नेता बसेर गरेको निर्णय हो । राष्ट्रिय मेलमिलाप भनेको बीपीको विचारलाई कार्यान्वयन गर्न लोकतन्त्र मूल विषय हो। यसमा लामो योगदान दिनेहरू वक्ता रहने  भन्ने हाम्रो मापदण्ड छ । त्यसमा दल सानो भए पनि नेमकिपाका नारायणमान बिजुक्छे र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीको योगदान छ। उहाँहरू आउनु हुन्छ, दुई पार्टी मापदण्डमा पर्नु भएन ।’

यो दिवसमा आफूहरूलाई कांग्रेसले नबोलाएको राप्रपा र रास्वपाले पुष्टि गरेका छन् । तर आफूहरूलाई यसले कुनै असर नगर्ने उनीहरूको भनाइ छ ।

विश्वकर्माका अनुसार कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसहितका नेतालाई बोलाइएको छ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १२ : ४२ बजे

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता

शेखर गोल्छाको पक्षमा सर्वोच्च अदालतको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाको