पाकिस्तानसँग सम्बन्ध हार्दिक बनाउन भारत इच्छुक « Khabarhub

पाकिस्तानसँग सम्बन्ध हार्दिक बनाउन भारत इच्छुक


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासाङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री जयशंकरले आतंकवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताएका छन् ।

एएनआईसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशंकरले भारत पाकिस्तानसँग सम्झौता गर्न इच्छुक नरहेको बताउँदै आतङ्क र शत्रुतामुक्त वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् । 

पाकिस्तानसँगको मोदी सरकारको दृष्टिकोणलाई उल्लेख गदै उनले सीमापार आतङ्कवादलाई नसहने बताएका छन् । पाकिस्तानले दशकौँ अघिदेखि भारतलाई टेबुलमा ल्याउन सीमापार आतङ्कवादको प्रयोग गरेको बताउँदै आफूहरूले  त्यस्ता विषय अप्रासाङ्गिक बनाएको बताएका छन् । पाकिस्तान आफ्नो नजिकको छिमेकी भएको स्वीकार गर्दै उनले पाकिस्तानले  तयार पारेका शर्तहरूको आधारमा व्यवहार नगर्ने बताएका छन् । 

भारतले गत वर्ष अगस्टमा पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण बनाउनका लागि आतंकवाद र शत्रुतामुक्त वातावरण आवश्यक रहेको बताएको थियो ।
मन्त्री जयशंकरले एएनआईसँगको अन्तर्वार्तामा पाकिस्तानको भविष्य पाकिस्तानको आफ्नै कार्य र छनौटबाट निर्धारण हुने भन्दै छिमेकीको हैसियतले आर्थिक समस्याबाट बाहिर निस्कन आवश्यक रहेको बताएका छन् । 

आर्थिक संकटबाट गुज्रेको श्रीलंकालाई भारतले गरेको सहयोगको सन्दर्भ उल्लेख गर्दै श्रीलंकासँग एकदमै फरक सम्बन्ध भएको बताएका छन् ।
पाकिस्तानको अवस्था तथा भविष्य धेरै हदसम्म पाकिस्तानकै क्रियाकलापले निर्धारण गर्ने जिकिर गर्दै उनले कोही पनि अचानक कठिन परिस्थितिमा नपुग्ने बताएका छन् । 

पछिल्लो समयमा घट्दो, विदेशी मुद्रा सञ्चिति, उच्च मुद्रास्फीति तथा मुद्राको तीव्र अवमूल्यन लगायतका आर्थिक कठिनाइसँग पाकिस्तान जुधिरहेको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ३ : ३२ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा