वैदेशिक लगानीका लागि सरकारले सहजीकरण गर्ने छ : परराष्ट्रमन्त्री  « Khabarhub

वैदेशिक लगानीका लागि सरकारले सहजीकरण गर्ने छ : परराष्ट्रमन्त्री 


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले वैदेशिक लगानीलाई सहजिकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।

क्यानडा–नेपाल च्याम्बर अफ कमर्शक्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शको संयुक्त प्रतिनिधि मण्डलसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

प्रतिनिधि मण्डलसँग मंगलबार मन्त्रालयमा भएको अन्तरक्रियाका क्रममा आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तराष्ट्रिय लगानी सम्मेलनबारे चर्चा गर्दै परराष्ट्रमन्त्री साउदले भने, ‘वैदेशिक लगानीलाई सहजीकरण गर्ने सवालमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन।’

अन्तरक्रियाका क्रममा क्यानडा र नेपालबीचको ब्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो।  

क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शका अध्यक्ष नरेशकुमार चाव्दाले नेपालमा विशेष गरी कृषि तथा खाद्य, टक्सटायल र जलविद्युतका क्षेत्रमा क्यानेडियन निजी क्षेत्रले काम गर्न चाहेको बताए। 

क्यानडा–नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष विजय पौडेल र क्यानेडिन हिन्दु च्याम्बर अफ कमर्शका अध्यक्ष चाव्दाले प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ५ : १७ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।