पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला « Khabarhub

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला


१७ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँ लगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ । 

यस वर्ष सिगानामा राम्रो सुन्तला फलेपनि समग्र जिल्लाको तथ्यांक हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ । औँसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । 

सिगानाका बमबहादुर खड्काले यस वर्ष  चार लाखको सुन्तला बिक्री गरे। उनी मात्र हैन  रामप्रसाद गौतम, राधा खड्का, टोपबहादुर खत्री र शिवकुमार खड्का लगायतको सुन्तला चितवन, धादिङ, काठमाडौँ, पोखरा र नारायणगढमा पुगेको छ ।  

धादिङ, काठमाडौं, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले  किसानसँग सुन्तलाको मोलमोलाइ गर्न व्यस्त छन् । सिगानाका शिक्षक शिवकुमार खड्काले यस वर्ष  एक लाख ५० को सुन्तला बिक्री गरेको बताउँदै सिगानामा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान तीन दर्जन रहेको जानकारी दिए। 

सिगानाका रामप्रसाद गौतम, अनन्तबहादुर खड्काले सुन्तला बिक्रीबाट पाँच-पाँच लाख भित्राएका छन् । खड्काका अनुसार श्री गणेश कृषि सहकारीले सुन्तला उत्पादन तथा बिक्रीको तथ्यांक राखेको बताए । 

सिगानाको सुन्तला फागुनमा बिक्री गर्ने गरी कोल्ड स्टोरमा समेत राख्ने तयारी भइरहेको छ । कृषि सहकारीको कोल्ड स्टोरमा राखिएको सुन्तला फागुन चैतमा दोब्बर बढी मूल्यमा बिक्री हुने गर्दछ । 

यस वर्ष सिगानाका राधा खड्काले चार लाख, टोपबहादुर खत्री साढे तीन लाखमा बगैँचामै व्यापारीलाई दिएका छन् । सिगानाको रामबहादुर खड्का र टोपबहादुर खड्का लगायतको ठूलो सुन्तलाको बगैचा अझै बिक्री गर्न बाँकी छ ।

सिगानाको सुन्तला अन्य स्थानको भन्दा ठूलो दाना र गुलियो भएकाले महङ्गो मूल्य तिरेरै भएपनि खरिद गर्न व्यापारी आउने गरेका छन् । यस वर्ष चितवनका व्यापारीलाई  पाँच लाखमा सुन्तला बिक्री गरेका अनन्त खड्काले जानकारी दिए । चितवनको सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला यस पटक चितवन आयात गरिरहेका छन् ।

सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा खरिदका लागि त्यहाँ पुगेका हुन् । सुन्तला गाउँका रुपमा परिचित सिगानाका झण्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : २६ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

सबै कार्यकर्ताले गर्व गर्ने एमाले बनाउन ओलीले नेतृत्व छाड्नुपर्छ : बिन्दा पाण्डे

काठमाडौं- हरेक क्षेत्रमा महिला सहभागिता र समानताको आवाज उठाउँदै आएकी

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन

नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल