इजरायली ड्रोन आक्रमणमा हमासका उपनेता अरौरी मारिए « Khabarhub

इजरायली ड्रोन आक्रमणमा हमासका उपनेता अरौरी मारिए


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलले गरेको आक्रमणमा प्यालेस्टाइनी लडाकु समूह हमासका उपनेता सालेह अल–अरौरी मारिएका छन् ।

समाचार संस्था बीबीसीका अनुसार लेबनानको राजधानी बेरुतस्थित दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन हमलामा सालेह मारिएका हुन् । इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएकामध्ये उनी सबैभन्दा ठूला नेता हुन् ।

इजरायलले सो आक्रमणमा अरौरीसहित अन्य ६ जना समेत मारिएको दाबी गरेको छ । ५७ वर्षीय अरौरी हमासको सैनिक विङ्ग इज एड–डिन अल क्वासेव ब्रिगेडका संस्थापक हुन् । यसअघि इजरायलले गत अक्टोबरमा अरौरीको निवास ध्वस्त पारेको थियो ।

यस्तै, सन् २०१५ मा अमेरिकाले अरौरीलाई विश्वकै आतंककारीको घोषणा गर्दै उनको बारेमा जानकारी दिनेलाई ५ मिलियन डलर पुरस्कार दिने जनाएको थियो।

उता, लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरूलाई इजरायल–हमास युद्धमा तान्न खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  १० : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज