कोरोनाको नयाँ भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह  « Khabarhub

कोरोनाको नयाँ भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह 


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले विश्वमा कोभिड-१९ को सब भेरियन्ट जेएन.१ नामक नयाँ  भेरियन्टको जोखिम बढेको छ । नेपालमा अहिलेसम्म नयाँ भेरियन्टका नयाँ संक्रमित फेला नपरे पनि छिमेकी देशमा देखा परेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी देशमा जेएन.१ बढिरहेकाले सर्तकर्ता अपनाउन भनेको हो । मन्त्रालयले यसबारेमा आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।

 ‘पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ मन्त्रालयले विज्ञप्तिमा  भनिएको छ। 

मन्त्रालयले कोभिड-१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रीनिङ र निगरानी भइरहेको बताउँदै कोभिड-१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरेको छ ।

भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातका सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ । 

कोभिड-१९ को सब भेरियन्ट जेएन.१ पछिल्लो समय भारतमा तीब्र रुपमा फैलिइरहेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : २७ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण