राष्ट्रियसभा निर्वाचन : सिट संख्या भन्दा गठबन्धन दलको दाबी धेरै | Khabarhub Khabarhub

राष्ट्रियसभा निर्वाचन : सिट संख्या भन्दा गठबन्धन दलको दाबी धेरै

शनिबारको छलफल निष्कर्षबिहीन, आज फेरि बैठक


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँडमा सहमति गर्न गठबन्धन दलको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातिसम्म बसेको बैठकमा सहमति नभएपछि आज फेरि बैठक बस्न लागेको हो।

आज बैठक बस्ने बताइएको भए पनि समय तोकिएको छैन। सत्ता गठबन्धनमा सिट संख्या भन्दा दलको दाबी धेरै भएपछि कुरा नमिलेको हो। शनिबारको बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक सकारात्मक भए पनि अन्तिम टुंगोमा पुग्न सकेको छैन।

कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ। माओवादी ६, जसपा र एकीकृत समाजवादीले तीन–तीन सिट दाबी गरेका छन्। नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चालाई १–१ सिट दिन गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस तयार देखिएको छैन। यी साना दलले भने दाबी कायमै राखेका छन्। १९ सिटका लागि हुन लागेको निर्वाचनमा दाबी भने २६ पुगेको छ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ।

राष्ट्रियसभामा आगामी फागुन २१ गतेबाट अध्यक्षसहित २० सांसदको कार्यकाल सकिँदै छ। जसमा एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् भने १९ जना मतदानबाट चुनिने छन्।

यो पनि…

राष्ट्रियसभा निर्वाचनबारे राप्रपाले सत्ता गठबन्धनसँग छलफल गर्ने

राष्ट्रियसभा निर्वाचन : कसरी हुन्छ सिटको पँजनी ?

राष्ट्रियसभामा मिलेन गठबन्धनको भागबण्डा, आइतबार टुंग्याउने दाबी

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : १८ बजे

रास्वपाको अवरोधबीच संसद् सञ्चालन गरिएकोप्रति माओवादीको आपत्ति

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले रास्वपा र राप्रपाको

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठकबाट बाहिरिएका छन्

सुदूरपश्चिम प्रदेश सरकारद्वारा ४२ प्रतिशत बजेट खर्च

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार