माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार | Khabarhub Khabarhub

माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनमा पठाउने उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो ।

गठबन्धनमा माओवादीलाई परेको भागअनुसार दुई अपाङ्गता भएका व्यक्ति र तीन महिला पठाउने निर्णय भएको हो ।

माओवादी महासचिव देव गुरुङका अनुसार कोशीबाट अपाङ्ग तथा महिलामा चम्पादेवी कार्की, बागमतीबाट अपाङ्गमा बागमतीबाट श्रीकृष्ण अधिकारी, कर्णालीबाट विष्णु विश्वकर्मा, सुदूरपश्चिमबाट रेणु चन्दको नाम बन्दसूचीमा परेको छ ।

उनीहरूलाई उम्मेदवार बनाउने सम्भावना बढी भएको गुरुङले बताए । उनका अनुसार गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदीको नाममा छलफल हुँदै छ ।

गुरुङले भने, ‘यी नामहरू हामी अध्ययन गरिरहेका छौँ ।’ १९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले खबरहबलाई भने, ‘राजनीतिमा कुनै हावाहुरी नआए यी नामहरु फाइनल हुन् ।’

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !

राष्ट्रियसभा निर्वाचन : एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा

देउवाले ३ भन्दा बढी सिट दिन्न भनेपछि बैठकबाट निस्किए शेखर–गगन

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ३ : २२ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित