बायोमेट्रिक प्रणाली हटाउन माग  « Khabarhub

बायोमेट्रिक प्रणाली हटाउन माग 


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने व्यक्तिका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले साउदी अरब दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरि अनिवार्य गरेको बायोमेट्रिक प्रणाली कूटनीतिक पहल गरि हटाउन माग गरेको हो । 

संघका अध्यक्ष राजेन्द्र भण्डारीले बायोमेट्रिक प्रणाली साउदी अरबमा अनिवार्य नभएपनि नेपाली कामदारलाई अनावश्यक आर्थिक भार बोकाउने प्रणाली हटाउनुपर्ने बताए । संघले वैदेशिक रोजगारीमा जाने कामदारलाई लागू गर्न खोजिएको अनिवार्य परीक्षाको औचित्य नहेरी भार बढाउने हुँदा खारेज गर्नुपर्ने माग राखेको छ । 

त्यस्तै निशुल्क तालिमका नाममा बनाइएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउन पनि महासंघले माग गरेको छ भने मानव तस्करी र  विचौलियालाई फाइदा पुग्ने गरि प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृति बन्द गरि संलग्नमाथि छानविन गरि कारवाही हुनुपर्ने अध्यक्ष भण्डारीले बताए । उनले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन खर्च शीर्षक निर्धारण गर्नुपर्ने उल्लेख गरे ।

संघले वैदेशिक रोजगार ऐन २०६४ लाई समयसापेक्ष परिमार्जन गर्न संघसंग छलफल गरि मन्त्रालयले यथाशीघ्र कार्य प्रारम्भ गर्नुपर्ने जनाएको छ । आफ्ना मागहरू राज्यकातर्फबाट सम्बोधन नभए आन्दोलनको घोषणा गरि कामदार पठाउन असक्षम रहने चेतावनी संघले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : ३८ बजे

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल