मानिसहरुको उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि विस्तारै कमजोर बन्दै जान्छ । खानपान र जीवनशैलीले तपाईंले आफ्नो स्मरण शक्तिलाई जिवितै राख्न सक्नुहुन्छ । यसका लागि तपाईंले खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
यदि यस्ता चिजहरू तपाईले धेरै सेवन गर्नुभयो भने तपाईको स्मरण शक्ति विस्तार घट्दै जान सक्छ । यस्ता के चिज धेरै मात्रामा खानु हुँदैन यसबारेमा तपाईलाई जानकारी नहुन सक्छ । जुन निम्न छन्–
बढी चिल्लो
बढी चिल्लो खानेकुरा खान त सबैलाई नै मन पर्ने गर्दछ । तर हामीले बढी चिल्लो खानेकुराको सेवन गर्छौँ त हाम्रो श्रवणशक्ति र स्मरणशक्ति हराउँदै जाने गर्दछ ।
चुइङगम
धेरैको चुइङगम चपाउने बानी हुन्छ । तर हामीले चपाउने गरेको चुइङगमले पनि हाम्रो श्रवणशक्ति र स्मरणशक्तिमा ह्रास ल्याउने गर्दछ ।
कार्बोहाइड्रेट युक्त खानेकुरा
कार्बोहाइड्रेट युक्त खानाको अभावले पनि दिमागको क्षमता, ऊर्जा र मुड परिवर्तन गर्नका साथै स्मरणशक्ति र श्रवणशक्तिमा पनि नकारात्मक असर पु¥याउँछ ।
नुनिलो
नुनले ह्दयको चाल र रक्तचापलाई असर गर्नका साथै दिमाग र समग्र स्मरणशक्तिलाई पनि असर गर्दछ ।
जंक फुड
जंक फुड अधिक मात्रामा खानुहुन्छ भने पनि तपाईंको स्मरणशक्ति घट्दै जान्छ भने डिप्रेसन र एन्जाईटी समेत गराउँदछ ।
फ्राई खानेकुरा
कतिपय मानिसहरूले फ्राई खानेकुरा मन पराउने गर्दछ । तर यस्तो खानेकुरा मनपर्छ भन्दैमा बढी खाने बानी गर्नु हुँदैन । यी खानेकुरा खानाले पनि दिमाग कमजोर र श्रवणशक्ति हराउँदै जाने चिकित्सकहरु बताउँछन् ।
चिनी
चिनीको प्रयोग बढी गर्नाले पनि स्मरणशक्ति, सिक्ने क्षमता र श्रवणशक्तिमा ह्रास आउने गर्छ ।
प्रतिक्रिया