सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिका सभापति चयन आज | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिका सभापति चयन आज


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो ।

प्रदेशसभा सचिवालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार हिजो समितिका सभापति पदका प्रत्यासीले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभामा सार्वजनिक लेखा, विधायन तथा प्रदेश मामिला, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक समिति छन् । यसबाहेक ‘विषेश अधिकार’ समिति थप गर्ने तयारी भएको जनाइएको छ ।

प्रमुख दलहरूबीच भएको सहमतिअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका देवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)की माया पन्त, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का वीरबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले ‘विषेश अधिकार’ समितिको नेतृत्व गर्ने समझदारी भएको जनाइएको छ । विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा उम्मेदवारी दिएका कांग्रेसका देवानसिंह विष्टले प्रदेशसभामा हाल रहेका विषयगत समितिका सभापति निर्विरोध निर्वाचित हुने अवस्था रहेको बताए । उनले सदन चलेपछि विषेश अधिकार समितिको गठन र त्यसको सभापति सदस्यहरूको चयन गर्ने प्रक्रिया अघि बढ्ने जनाए ।

समिति नेतृत्वविहीन हुँदा प्रदेश सरकारका कामकारबाहीको नियमन र निगरानी गर्ने काम हुन नसकेको मात्र नभई समितिका आफ्ना आन्तरिक कामकारबाही पनि ठप्प प्रायः थिए ।

यसअघि गत असोजमा समितिका सभापति छनोट गर्न प्रकाशन भएको निर्वाचन कार्यतालिका अन्तिममा स्थगन गरिएको थियो । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित ६ दल र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : ०२ बजे

इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल कट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा– दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते

महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने

काठमाडौं– मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यही असार असार ६ र

१५ अस्पतालबाट मुटु रोगसम्बन्धी निःशुल्क सेवा उपलब्ध 

काठमाडौं– सरकारले तीनवटा प्रदेशका १५ वटा अस्पतालमार्फत मुटु रोगसम्बन्धी निःशुल्क

सिरहामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

सिरहा– सिरहा नगरपालिका-१० पदमपुर बस्ने ६० वर्षीय चन्देसर मण्डलको घर र