बाजुरामा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार | Khabarhub Khabarhub

बाजुरामा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बड्वालको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले अन्यन्त्रै रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए।

अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेकाले प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले बताए।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ९ : ०८ बजे

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित

निर्माताको दाबी : ‘जेरी अन टप’ले नवौं दिनमा मात्रै एक करोडमाथि ग्रस कलेक्सन गर्‍यो

काठमाडौं– नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ उच्च

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली– छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सिंहदरबारमा

राजेन्द्र महतोसँग कुरा नमिलेपछि सचिव पद त्यागेकी सुधा आफैं बनिन् मन्त्री

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने जिम्मेवारी त्यही मन्त्रालयकी पूर्वसचिवको