क्यानले गर्‍याे सन्दीपलाई निलम्बन « Khabarhub

क्यानले गर्‍याे सन्दीपलाई निलम्बन


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर  सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

क्यानले आज एक विज्ञप्ति जारी गरी सन्दीपले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि निलम्बन गरेको जनाएको छ ।

क्यानले जिल्ला अदालत काठमाडौँले सन्दीपलाई बलात्कार मुद्दामा कसुर कायम गरी ८ वर्ष कैद सजायका साथै ३ लाख रुपैयाँ जरिवाना र २ लाख क्षतिपूर्ति भराउने आदेश गरेकाले निलम्बन गरिएको जनाएको छ ।

क्यानले भनेको छ– ‘नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदैछौं ।’

यो पनि…
राष्ट्रिय टिमबाट अलग भए क्रिकेटर सन्दीप लामिछाने

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ११ : १५ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट