महासचिव गुटेरेसद्वारा मोगादिसु विमानस्थल हमलाको निन्दा « Khabarhub

महासचिव गुटेरेसद्वारा मोगादिसु विमानस्थल हमलाको निन्दा


२८ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार राति मोगादिसुको एडन एडे अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणको निन्दा गरेका छन् ।  सो हमलामा युगाण्डास्थित संयुक्त राष्ट्रसंघ गार्ड युनिटका एक जना सदस्यको मृत्यु भएको उल्लेख गर्दै कडा निन्दा गरेका छन् । 

‘महासचिवले हिजो मोगादिसुको एडेन एडे अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भएको आक्रमणको कडा निन्दा गर्नु भएको छ,’ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महासचिव गुटेरेसले पीडितका परिवार, सहकर्मी, सरकार र युगान्डाका जनताप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ। उनले संयुक्त राष्ट्रसंघका कर्मचारीहरू र परिसर विरुद्ध गरिने सबै प्रकारका आक्रमणहरू अन्तर्राष्ट्रिय कानूनद्वारा निषेधित रहेको सबै पक्षलाई स्मरण पनि गराए । 

गुटेरेसले ‘आतंकवाद विरुद्धको लडाइँमा सोमालियाको सरकार र जनतालाई संयुक्त राष्ट्रसंघको पूर्ण ऐक्यबद्धता र समर्थन’ रहेको उल्लेख गरेका छन् ।
उनले सोमालियालाई ‘स्थिर, सुरक्षित र समृद्ध देश’ बन्ने बाटोमा सहयोग गर्ने राष्ट्रसंघको प्रतिबद्धता पनि दोहोर्‍याए । 

अल-शबाब अतिवादी समूहले यहाँ प्रायः दैनिक आक्रमण गर्ने गरेको छ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ५ : ५६ बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ