‘वनको तरुल वनमै, बजारका तरुल घरमा’ « Khabarhub

‘वनको तरुल वनमै, बजारका तरुल घरमा’


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बागलुङ – “वनको तरुल वनमै रह्यो, माघे सङ्क्रान्तिमा कसले ल्याउँछ ?, हामी बुढाबुढी भयौ, भीरमा गएर ल्याउन सक्दैनौँ, युवाहरु छैनन्, उ बेला हात पाखुरामा तागत थियो, अहिले घरबाट बाहिर निस्किने परान पनि छैन ।” निसीखोला गाउँपालिका–४ का ८६ वर्षीय धनबहादुर मगर दुई वर्ष अगाडिसम्म वनमा पुगेर मागे सङ्क्रान्तिका लागि तरुल खोजेर ल्याउथे ।

गत वर्ष बारीमा काम गर्ने बेला लडेर खुट्ट भाँचियो । अहिले लौरोको सहारामा घरभित्र बाहिर गर्छन । माघे सङ्क्रान्ति घर आँगनमै भित्रियो तर गाउँमा तरुल खनेर ल्याउने युवा पाइँदैनन् । माघे सङ्क्रान्तिको विशेष परिकारका रुपमा लिइने तरुल वनबाट ल्याउनुको सट्टा बजारबाट किन्ने प्रचलन बढेको उनले बताए । परम्परादेखि नै वन जङ्गलमा पशुचौपाया चरान जाने र माघे सङ्क्रान्तिका लागि एक महिना अगाडि नै तरुल खनेर ल्याउने गरे पनि अहिले त्यो प्रचलननै हराएको उनले बताए ।

पहिले गाउँघरमा तरुल रोप्ने चलन नभएको तर जङ्गलबाट ल्याएर खाने परम्परा भए पनि अचेल बारीमा पनि लगाउने गरेको उनको भनाइ छ । पछिल्लो समय बारीमा पनि नलगाउने जनाउँदै बजारबाट किनेर ल्याउने गरेको उनको भनाइ थियो ।

उनी भन्छन्, “जुग जमाना सबै फेरिए, हाम्रो पालामा वन जङ्गलमा पाइने चिज अहिले बजारबाट किनेर ल्याउँछन्, तरुल त वन जङ्गलमा जहाँ ओसिलो ठाउँ छ, त्यही फल्ने गथ्र्यो, गाई वस्तु चराउन जाने, दिनभरि तरुल खन्नेर साँझ एक बोरा बनाएर ल्याउने गथ्र्यौ, पछिपछि विकासी तरुल बारीको कुनामा पनि लगाएर खाने गर्थे, तर अहिले बजारबाट लिएर आउँछन्, मान्छेहरु परनिर्भर भए, वनमा जाने हो भने फ्रिमा जति पनि तरुल खनेर ल्याउन सकिन्थ्यो ।”

ढोरपाटन नगरपालिका–३ का पिताम्बर खत्रीले अचेल धेरै जसो मान्छेले बजारबाटै तरुल किनेर ल्याउने गरेको भन्दै स्थानीयस्तरमा उत्पादन गर्न छोडेको बताए। वन तरुल जस्तो स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक बजारमा पाइने तरुल नहुने उनको भनाइ छ । पहिले वनमा पुगेर धेरैले तरुल ल्याउने हुँदा टाढाटाढा पुग्नु परेको सुनाउँदै अहिले गाउँमा कम मात्रै बस्ने हुँदा नजिकमा पनि प्रसस्तै पाइने खत्रीले बताए ।

“गाउँमा कोही बस्ने भएन, पहिले टाढा–टाढा वन जङ्गलमा पाइने तरुल अहिले नजिकै पनि पाइन थालेका छन्, तर घर नजिकैको तरुल खन्नका गाह्रो मानेर बजारमा गएर किटनासक औषधि हालेका तरुल किनेर ल्याउँछन्”, उनले भने, “मैले यसपाली २० किलो जति वन तरुल ल्याएर छरछिमेकीसँग बाँडे, यति भएपछि माघे सङ्क्रान्ति राम्रैसँग बनाइएला भन्ने लागेको छ, अरुले त्यत्ति महत्व हुँदैन, माघे सङ्क्रान्तिमा यसको महत्व धेरै हुन्छ ।”

बजारमा आयातित तरुलको माग निकै बढेको स्थानीय व्यवसायी थमबहादुर क्षेत्रीले बताए । एक हप्ता अगाडि बुटवलबाट दुई क्विनटल तरुल ल्याए पनि पु¥याउन नसकेको बताए । पहिले गाउँमा किसानले उत्पादन गरे बेच्न ल्याउने गरेकोमा अहिले भने आइनै छोडेको उनको भनाइ छ । बजारमा ५० देखि ९० रुपैयाँसम्म तरुलको किनबेच हुने उनले बताए । उनले एक हप्ता अगाडिसम्म ४० रुपैयाँमै सेतो तरुल पाइने गरेको जनाउँदै अहिले ८० रुपैयाँसम्म पुगेको बताए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : २१ बजे

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध