सागका लागि टिम कुमुतेको पहिलो चरण छनोट सम्पन्न | Khabarhub Khabarhub

सागका लागि टिम कुमुतेको पहिलो चरण छनोट सम्पन्न


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कराते महासंघले १३ औं सागका लागि टिम कुमुते तर्फ पहिलो चरणको खेलाडी छनोट बिहिबार सम्पन्न गरेको छ ।

सातदोवाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरणमा २४ पुरुष र १० महिला खेलाडी छनोट भएको राष्ट्रिय खेकुद परिषद्  (राखेप) ले जनाएको छ । पुरुष तर्फ बिनोश शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द्र महर्जन, बिनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बु, आशिष थापा, डिगम्बर पन्त, विजय लामा, विप्लब श्रेष्ठ, शेखर श्रेष्ठ, सुशिल पौड्याल र विरबहादुर रनेनी रहेका छन् ।

यस्तै महिला तर्फ विभुषा थापा, अमृता शाक्य, सुनिता महर्जन, कृपा शेर्पा, सुष्मिता वाईवा, रोजिता ढुंगेल, बिनिता श्रेष्ठ, पुजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट हुन सफल भएको राष्ट्रिय रेफ्रि संयोजक राजेन्द्र कपालीले जानकारी गराए ।

पुराना तथा साग पदकधारी खेलाडीहरु अमृता शाक्य, बिनोद शाक्य, बिनोद महर्जन र राम लिम्बुले टिममा पुनः पुनरागमन गरेका छन् । करातेको टिम कुमुतेमा पुरुष तर्फ ७ र महिला तर्फ ५ खेलाडीहरुको सहभागिता रहने छ । पहिलो चरणमा पुरुष तर्फ ३५ खेलाडीमा २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ६ खेलाडी तौल नमिलेका कारण प्रतिस्पर्धा गर्न बाट बन्चित भए ।

यस्तै महिला तर्फ १० खेलाडी छनोट गर्नु पर्नेमा १२ खेलाडीमा २ खेलाडी तौलका कारण प्रतिस्पर्धाबाट बाहिरे पश्चात १० खेलाडीमात्र रहेकाले पहिलो चरणको लागि स्वतः छनोट हुन सफल भएको रेफ्रि संयोजक कपालीले जानकारी गराए ।

नेपाल कराते महासंघका महासचिव हरिसरण के।सी।को सभापतित्वमा भएको छनोट प्रतियोगिताको प्रमुख अतिथी राखेपका पूर्व कोषाध्यक्ष एवं अन्तराष्ट्रिय निर्णायक मिनकृष्ण महर्जनले कराते खेलाडीहरुले आठौं सागमा राखेको साखलाई १३ औं सागमा पुनः कायम गर्नेमा आफु बिस्वस्त रहेको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : ११ बजे

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह- राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

फिक्कल– इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि

संघीयताले नवप्रवर्तनका योजनालाई प्राथमिकता दिएको छ : मुख्यमन्त्री आचार्य

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  नवप्रवर्तन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा

भक्तपुरमा मनाइँदै पञ्चदान पर्व (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी अर्थात् गुँलागा त्रयोदशीमा भक्तपुरका

बजेट अभावमा पाँच वटा पुल निर्माणमा ढिलाइ

गोदावरी– बजेट अभावका कारण  हुलाकी सडक आयोजना अन्तर्गतका पाँच वटा