त्यसपछि गले गगन | Khabarhub Khabarhub

त्यसपछि गले गगन


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समुदायमा गएर जनताका पीरमर्का बुझ्ने कांग्रेसको सांगठनिक निर्णय लत्याउँदै आफ्नो व्यक्तिगत अभियान चलाउने महामन्त्री गगन थापाको तयारीमा पार्टी नेतृत्वले अंकुश लगाइदिएको छ । महामन्त्री थापाले छुट्टै कार्यक्रम संवाद यात्रा गर्न लागेका थिए । केन्द्रले नै समुदायमा कांग्रेस अभियान कार्यक्रम चलाउने भएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाको कार्यक्रमबारे चर्चा चलेको थियो ।

छुट्टै कार्यक्रम नगर्न बरु यही समुदायमा कांग्रेस अभियान अन्तर्गत नै कार्यक्रम गर्न थापालाई केन्द्रीय कार्यसम्पादन समितिले सुझाव दिएको थियो । यस विषयमा पदाधिकारीबीच लामै समय माथापच्ची चलेको कार्यसम्पादन समितिका एक नेताले खबरहबलाई बताए । उनले भने, ‘सबैले सल्लाह बरु यही समुदायमा कांग्रेस अभियानसँगै लैजाउँ एकै खालको कार्यक्रम जस्तो पनि देखिन्छ ।’

व्यक्तिगत अभियानमा कसैको साथ नपाउने भएपछि थापाले आजैबाट जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्न भन्दै संवाद यात्रा सुरुवात गरेको बताइएको छ ।

यस यात्राका लागि महामन्त्री थापाले आज बिहान झापाको भद्रपुरस्थित मेची पुलबाट यात्रा शुभारम्भ गरे । तर उनले यो यात्रा यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको बताएका छन् ।

उनले आफ्नो कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री तथा कोशी प्रदेशबाट राष्ट्रियसभाका लागि भर्खरै निर्वाचित नेता कृष्णप्रसाद सिटौला राखेरसंवाद यात्रासुरु गरे ।

कांग्रेसका नेताहरू पार्टी निर्देशन पालन गर्दै शनिबारबाट जिल्ला तहमा पुगेका छन् ।

माघ ७ देखि सुरु हुने भनिएको अभियान माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुने भएपछि १४ का लागि सारिएको थियो । पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार माघ २६ मा यो अभियान सम्पन्न गरी तत्काल केन्द्रीय कमिटीको बैठक सकेलगत्तै कांग्रेस महासमिति बैठकको तयारीमा जुट्ने छ ।

१२ दिनसम्म चल्ने अभियानमा केन्द्रीय नेताहरूले गाउँ टोलसम्म पुगेर जनताका समस्या सुन्ने कांग्रेसले जनाएको छ । यस क्रममा गाउँघरमा कांग्रेस प्रतिनिधि गएर जनताका समस्या बुझ्ने र प्रतिवेदनका रूपमा ल्याएर महासमितिको बैठकमा प्रस्तुत गरिने बताइएको छ ।

यो कार्यक्रम जिल्लाका वडा तह र टोल टोलमा स्थानीय कांग्रेस प्रतिनिधिहरू मार्फत पनि सञ्चालन हुने छ । केन्द्रबाट खटिएका प्रतिनिधि सकभर सबै वडा तहमा नै पुग्ने कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले बताइन । कांग्रेसले फागुन ७ गते महासमिति बैठक बोलाएको छ ।

को–को नेता खटिए ?

समुदायमा कांग्रेस अभियानका लागि सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई यो अभियानमा परिचालन नगरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवत्ता विश्वकर्माले खबरहबलाई भने, ‘शीर्ष ५ जनालाई परिचालन गरिएको छैन । सहमहामन्त्री र अन्य केन्द्रीय सदस्यहरूलाई मात्र खटाइएको हो ।’ पार्टीका लागि पनि समय दिनुपर्ने भएकाले १२ दिनको कार्यक्रममा मुख्यपदाधिकारीलाई नखटाएको बताइएको छ ।

समुदायमा कांग्रेस अभियानमै मिसाएर आफ्नो कार्यक्रम गरेका थापाले केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि सँगै हिँडाएका छन् । थापाको सचिवालयका अनुसार उनले संवाद यात्रा मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गर्ने कार्यक्रम छ ।

कार्यक्रममा नेताको भाषण नभई जनताका समस्या तथा गुनासासुनिने छ । कतिपयले यो अभियानलाई आगामी २ वर्षपछि हुने १५ औँ महाधिवेशनको तयारीका लागि थापाले माहोल बनाउने प्रयासका रुपमा पनि टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ४ : ४५ बजे

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द

एजेन्सी– उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग

ऊर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण

काठमाडौं– ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले मङ्गलबार एक प्रेस विज्ञप्ति जारी

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

काठमाडौं– वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको

राष्ट्रपतिबाट नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको