आज २०७६ साउन १८ गते शनिबारको राशिफल « Khabarhub

आज २०७६ साउन १८ गते शनिबारको राशिफल


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ साउन १८ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने  विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । बोलीमा प्रभाव बढ्ने ।

बृष

आज तपाईका लागि रमाइलो दिन छ । मस्तसँग समय व्यतित गर्नुस् । मान–सम्मान मिल्नेछ । अध्ययनमा सफलता ।

मिथुन

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । आर्थिक क्षेत्रको विवाद समाधान होला । मित्रजनबाट धोका हुन सक्छ ।

कर्कट

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । आँटेको काम पूरा होला ।

सिंह

आजको दिन तपाईका लागि अशुभ छ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारीको अबसर जुर्ला । धार्मिक आस्था बढ्ने ।

कन्या

राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ ।मानसिक चिन्ताले सताउनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ ।

तुला

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । काममा सफलता मिल्नेछ । अध्ययनमा रुची ।

बृश्चिक

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अध्ययनमा बाधा, चोटपटक लाग्न सक्छ ।

धनु

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईंका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । घरायसी कलह हट्नेछ ।

मकर

सही निर्णय लिनुस् । सही निर्णयले गन्तव्यमा पुग्न सफल हुनुहुनेछ । आकस्मिक लाभ हुनेछ । नयाँ कामको अवसर ।

कुम्भ

बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रामा पनि अवरोधको सम्भावना, खर्च बढ्ने छ ।

मीन

महत्वपूर्ण निर्णय नलिनुहोस्, जोखिम बढ्ने सम्भावना छ, महिला साथीबाट टाढै रहनुहोस् । पारिवारिक समस्या हट्नेछ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  १२ : ०५ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध