आज २०७६ साउन १८ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०७६ साउन १८ गते शनिबारको राशिफल


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ साउन १८ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने  विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । बोलीमा प्रभाव बढ्ने ।

बृष

आज तपाईका लागि रमाइलो दिन छ । मस्तसँग समय व्यतित गर्नुस् । मान–सम्मान मिल्नेछ । अध्ययनमा सफलता ।

मिथुन

जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । आर्थिक क्षेत्रको विवाद समाधान होला । मित्रजनबाट धोका हुन सक्छ ।

कर्कट

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । आँटेको काम पूरा होला ।

सिंह

आजको दिन तपाईका लागि अशुभ छ । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारीको अबसर जुर्ला । धार्मिक आस्था बढ्ने ।

कन्या

राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ ।मानसिक चिन्ताले सताउनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ ।

तुला

जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । काममा सफलता मिल्नेछ । अध्ययनमा रुची ।

बृश्चिक

पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अध्ययनमा बाधा, चोटपटक लाग्न सक्छ ।

धनु

केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईंका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । घरायसी कलह हट्नेछ ।

मकर

सही निर्णय लिनुस् । सही निर्णयले गन्तव्यमा पुग्न सफल हुनुहुनेछ । आकस्मिक लाभ हुनेछ । नयाँ कामको अवसर ।

कुम्भ

बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । यात्रामा पनि अवरोधको सम्भावना, खर्च बढ्ने छ ।

मीन

महत्वपूर्ण निर्णय नलिनुहोस्, जोखिम बढ्ने सम्भावना छ, महिला साथीबाट टाढै रहनुहोस् । पारिवारिक समस्या हट्नेछ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  १२ : ०५ बजे

जिब्रल्टरको पोस्टमा क्रोएसियाको ७ गोल

काठमाडौं– युरोपेली क्षेत्रको विश्वकप छनोटमा क्रोएसियाले जिब्रल्टरलाई फराकिलो अन्तरले हराएको

जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान

काठमाडौं – हलिउड नायक टम क्रुजले जलिरहेको प्यारासुटबाट जम्प गरेर

मुस्लिम धर्मावलम्बीलेआज बकर ईद मनाउँदै

काठमाडौं– मुस्लिम धर्मावलम्बीहरुले दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा)

उत्तरी मेसेडोनिया र बेल्जियमको बराबरी

काठमाडौं– विश्वकप फुटबलको समूह ‘जे’को खेलमा बेल्जियम र उत्तरी मेसेडोनियाले