प्रधानमन्त्री कप क्रिकेट : आज लिग चरणका अन्तिम दुई खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आज लिग चरणका अन्तिम दुई खेल हुँदै


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् ।

आज कीर्तिपुरस्थित टीयू मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल बिहान सवा ९ बजे सुरु हुनेछन् ।

प्रतियोगितामा अहिलेसम्म नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ। नेपाल पुलिस क्लब आफ्नो ८ खेलमा सबै खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ ।

त्यस्तै त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेल जितेर १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । साथै फाइनलमा पुग्ने सम्भावना बलियो रहेको छ ।

त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंक नै  हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेश पनि आफ्ना ९ खेलमा १२ अंकसहित चौथो स्थानमा रहेको छ ।

एपीएफ क्लब ९ खेलमा १० अंकसहित पाँचौं स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ८ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर छैटौँ स्थानमा रहेको छ। कर्णाली प्रदेश ९ खेलमा ८ अंकसहित सातौँ स्थानमा छ।

त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ९ खेलमा एक जित र ८ हार बेहोरेर नवौँ स्थानमा छ। त्यस्तै कोशी प्रदेशले खेलेका ९ खेलमा एक जित र ८ खेलमा हार बेहोरेर पुछारमा रहेको छ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ८ : ४५ बजे

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा

कास्की – पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

एमालेमा विधान महाधिवेशनमा पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार