‘पुजार सार्की’ मा आर्यन, प्रदीप र पलको पारिश्रमिक कति ? « Khabarhub

‘पुजार सार्की’ मा आर्यन, प्रदीप र पलको पारिश्रमिक कति ?


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मल्टिस्टार फिल्म ‘पुजार सार्की’को कास्कीको कास्कीकोटमा छायांकन थालेको आइतबार छैटौँ दिन पुगेको छ । आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एक साथ देखिने भएकाले फिल्मको चर्चा चुलिँदो छ ।

सन् २०२४ मै प्रदर्शनमा आउने बुझिएको यो फिल्म सम्भवतः वर्षको बहुप्रतिक्षित फिल्म हुनेछ । अहिलेका ‘डिमान्डेड’ नायक प्रदीपलाई फरक भूमिकामा हेर्न दर्शक प्रतीक्षारत छन् । कुनै समय सबैभन्दा बढी पारिश्रमिक बुझ्ने ‘लभर बोइ’ आर्यनका कारण पनि फिल्मले चर्चा बटुल्न सहयोग गरेको छ ।

फिल्ममा प्रदीपको ‘स्किन टाइम’ आर्यन र पलको भन्दा केही बढी भएको बुझिएको छ । यद्यपि तीनै नायक मुख्य भूमिकामा रहेको र ‘स्किन टाइम’मा २० को १९ मात्रै फरक भएको निर्माण पक्षले स्पष्ट पारेको छ ।

निर्माण पक्ष करिब तीन करोड लागतमा फिल्म पूरा गर्ने उद्देश्यले छायांकनमा निस्किएको छ । तीन डिमान्डेड नायकको कति पारिश्रमिकमा निर्माण पक्षले कति खर्च ग¥यो ? यो पनि चर्चाको विषय बनेको छ ।

स्रोतले खबरहबलाई दिएको जानकारीअनुसार पलले यो फिल्मबाट २० लाख पारिश्रमिकमा सम्झौता गरेका हुन् । त्यस्तै, आर्यनले आफ्नो चल्तीको रेट १५ लाख पारिश्रमिक लिने सहमति भएको छ । घनिष्ट मित्र निर्देशक दिनेश राउतको फिल्म भएकाले उनले पारिश्रमिक बार्गेनिङ नगरेको स्रोत बताउँछ ।

त्यस्तै, प्रदीपको रेट बजारमा ५० लाख भए पनि यस फिल्ममा उनी ३० लाखमा अनुबन्ध भएको स्रोत स्पष्ट छ । स्रोत थप्छ, ‘५० लाख दिने भनेको चलचित्रमा पनि प्रदीपले कथा मन नपरेर अस्वीकार गर्ने गरेका छन् । तर यस फिल्मको कथाले उनी पारिश्रमिकमा लचक देखाएको हुन सक्छ ।’

लेखक विकास सुवेदी र निर्देशक राउतसँग चलचित्र ‘प्रकाश’को टिम भएकाले पनि प्रदीपले पारिश्रमिकमा जोड नगरेको हुन सक्ने स्रोत बताउँछ । ‘प्रकाश’ प्रदीपको अभिनय क्षमतालाई प्रमाणित गर्न सहयोग गरेको फिल्म हो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ११ : ०४ बजे

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

‘मूल्य पारदर्शिता सप्ताह’मा महासंघको ऐक्यवद्धता, अनिवार्य मूल्यसूची राख्न व्यवसायीलाई आह्वान

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको ‘मूल्य पारदर्शिता

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल