‘एमाले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि लड्छ’  « Khabarhub

‘एमाले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि लड्छ’ 


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली समाजका सबै प्रकारका विभेदको अन्त्य गरेर जनतालाई सुखी, समृद्धि तुल्याई समाजवादको जग निर्माण गर्नेगरी नेकपा एमाले अघि बढ्ने बताएका छन् । 

नेकपा एमाले रूपन्देहीले आजदेखि सुरु गरेको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेकपा एमालेका हरेक कार्यकर्ताले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि अघि बढ्नुपर्नेमा जोड दिए । 

नेता पौडेलले नेकपा एमालेलाई समाप्त पार्ने गरी भएका घेराबन्दीलाई तोड्न पार्टीले लिएको जनपक्षीय नीति र सिद्धान्तका आधारमा अघि बढ्न कार्यकर्तालाई आह्वान पनि गरे। 

उनले पार्टी निर्माणका लागि जनताका सरोकार र आवश्यकतासँग प्रत्यक्ष जोडिएका विषयको निकटमा रहेर उनीहरूका समस्याको समाधान गर्नेतर्फ लाग्नुपर्नेमा पनि जोड दिए। 

नेता पौडेलले पछिल्लो समयमा पार्टी अनुशासनका विरुद्ध सङ्गठनात्मक अराजकताले प्रवेश पाएको भन्दै त्यस खालका प्रवृत्तिलाई पार्टी नेतृत्वले अनुमोदन नगर्ने पनि स्पष्ट गरे। उनले एमाले अनुशासित, एकताबद्ध र गतिशीलताका साथ अघि बढ्ने पार्टी भएको बताए। 

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालालगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए। 

उनका अनुसार प्रशिक्षणमा पार्टी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र रूपन्देही जिल्लाबाट प्रदेश कमिटीमा रहेका एक सय ५० नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ । 

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ६ : ३१ बजे

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको