पाकिस्तानमा निर्वाचनको तयारी तीव्र « Khabarhub

पाकिस्तानमा निर्वाचनको तयारी तीव्र


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाकिस्तानका मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले फेब्रुअरी ८ गते हुने आम चुनावका लागि  १०० जनाभन्दा बढी विदेशी पर्यवेक्षकको उपस्थित रहने बताएका छन् ।

सिइसीले राष्ट्रमण्डल पर्यवेक्षक समूहलाई पाकिस्तानले विदेशी चुनाव पर्यवेक्षकहरूका लागि खुला द्वार नीति अपनाएको निर्वाचन आयोगले विज्ञप्ति मार्फत जनाएको छ। 

निर्वाचन आयोगले सोमबार निर्वाचन व्यवस्थापन प्रणाली (इएमएस) स्थापना गर्ने निर्णय गरेको एआरवाई न्यूजले जनाएको छ । निर्वाचन आयोगका सचिव सैयद आसिफ हुसेनले एआरवाई न्युजसँगको अन्तर्वार्तामा ३ हजार ६०० जनाले इएमएस प्रणाली सञ्चालन गर्न तालिम लिएको र ३००० थान कम्प्युटर स्थापना गरिएको उल्लेख गरेका छन् ।

एआरवाई न्युजका अनुसार ईएमएस परीक्षणका क्रममा उत्पन्न समस्याहरू समाधान गरी निजी नेटवर्क स्थापना गरिएको र तिनीहरू इन्टरनेट पहुँचबिना पनि काम गर्ने वातावरण  निर्माण गरिएको छ ।   

यसैबीच, एउटा अन्तर्वार्तामा, महानिर्देशक खिजर हयातले ४० स्थानमा चुनावमा इएमएस प्रयोग गरी चुनावको  निर्बाध सञ्चालन सुनिश्चित गर्न यसको प्रविधिमा सुधार गरिएको पुष्टि गरे ।

पाकिस्तानको निर्वाचन आयोगले फेब्रुअरी ८ गते हुने आम निर्वाचन अघि देशका सबै निर्वाचन क्षेत्रका लागि २६  करोड मतपत्र छाप्ने काम पनि सम्पन्न गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : २१ बजे

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट

रास्वपाले भन्यो- सभापति छुटेपछि पार्टीको काममा फर्किनुहुनेछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले

चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह

काठमाडौं– ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)