बाँसबारी प्रकरण : चाँदबागका अध्यक्षलाई मालपोतको २१ दिने म्याद (पत्रसहित) « Khabarhub

बाँसबारी प्रकरण : चाँदबागका अध्यक्षलाई मालपोतको २१ दिने म्याद (पत्रसहित)


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बाँसबारी छाला जुत्ता प्रकरणमा चौधरी ग्रुपमाथि मालपोत कार्यालयले पनि कारबाहीको प्रक्रिया सुरू गरेको छ ।

डिल्लीबजार मालपोत कार्यालयले बिहीबार चाँदवाग रेसिडेन्सी प्रालि (च्याम्पियन फुटवेयर प्रालि) को नाममा पत्र काट्दै सञ्चालक सञ्जय ठाकुरलाई २१ दिन भित्र उपस्थित हुन निर्देशन दिएको हाे । उक्त समय अवधि भित्र उपस्थीत नभए कानुन बमोजिम कारबाही गर्ने मालपोत कार्यलयले जनाएको छ ।

‘च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौं नगर३ सिट नं १०२०९४७–१६ किनं.५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर(३ सिट नं ९४७–२१ क.नं. १६ क्षे.फ.००४८७.०० ब.मी. जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अद्यावधिक गरी ल्याउन २०८०/१०/२४ को आदेश बमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ। पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ दिनभित्र आफैं वा वारेस मुकरर गरी कार्यालय समय भित्र उपस्थित हुनु होला अन्यथा कानुन बमोजिम भई जाने ब्यहोरा जानकारी गराइन्छ ’ मालपोत अधिकृत बोगराज शर्मा कट्टेलको हस्ताक्षर रहेको पत्रमा उल्लेख गरिएको छ ।

जग्गा हिनामिना प्रकरणमा यसअघि नै चाँदबागका अध्यक्ष अरुण चौधरी, चाँदबागका ठाकुर र बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका थिए । उनीहरु बुधबारै हाजिरी जमानीमा छुटेका छन् ।

याे पनि…

चौरासी नजिकका अजित : चौधरीले फसाए कि आफैं ?

बाँसबारीको जग्गा : भगवानले खोलेको भित्री रहस्य

बाँसबारी छालाजुत्ता कारखानामा जग्गा प्रकरणमा फाइदा लिन कम्पनी खडा गरिएको खुलासा

 

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ९ : ५९ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको