इक्वेडरमा २९ वर्षीया काउन्सिलरको गोली हानी हत्या « Khabarhub

इक्वेडरमा २९ वर्षीया काउन्सिलरको गोली हानी हत्या


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

इक्ववेडर इक्वेडरमा एक जना काउन्सिलरको गोली हानी हत्या गरिएको छ ।  

गुयासको नारञ्जलमा सडकको खराब अवस्थाबारे भिडियो खिच्दै गर्दा २९ वर्षीया डायना कार्नेरोमाथि आक्रमण भएको थियो । मोटरसाइकलमा आएका दुई संदिग्धहरूले डायनाको टाउकोमा गोली हानेका थिए।

प्रहरीले भने,  ‘मोटरसाइकलमा आएर दुईजना शंकास्पद व्यक्तिले उनको टाउकोमा गोली हानेर भागेका थिए ।’ त्यसपछि उनलाई हतार हतार अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा हालसम्म कसैलाई पक्राउ नगरेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

डायनाको हत्याले देशभर शोकको लहर ल्याएको छ। पूर्व राष्ट्रपति राफेल कोरियाले पोस्ट गरे, ‘डायना मात्र २९ वर्षकी थिइन्। यो एक दुःस्वप्न जस्तै छ। जब तपाईँका छोराछोरीहरू यो उमेरका हुन्छन्, तपाईंले बुझ्नुहुन्छ कि तिनीहरूका आमाबाबुले यस समयमा के गुज्रिरहेका छन्।’

ग्वायाकिलका डेपुटी मेयर ब्लान्का लोपेजले पनि ट्विटरमा लेखेका छन, ‘यसको अन्त्य हुनैपर्छ, हाम्रा क्यान्टोन, प्रान्त र देशका लागि राम्रो दिन चाहनुको मतलब हाम्रो जीवनलाई जोखिममा पार्नु हुँदैन।’

डायना कार्नेरोको मृत्यु राजनीतिक हिंसाको श्रृंखलामा नयाँ घटना हो। संगठित अपराध समूहहरूद्वारा हुने हिंसा बढ्दै गएपछि राष्ट्रपति ड्यानियल न्गोबोआले गत महिना देशमा संकटकालको घोषणा गरेका थिए। ती आपराधिक समुहले राति ११ बजे पछि जो कोही बाहिर भेटिएलाई ‘फाँसी’ दिइने चेतावनी दिएका थिए।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  २ : १७ बजे

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली