जापानमा गरिने आर्चरीको अभ्यासले सागलाई प्रत्यक्ष सहयोग गर्छ– प्रशिक्षक गुरुङ | Khabarhub Khabarhub

जापानमा गरिने आर्चरीको अभ्यासले सागलाई प्रत्यक्ष सहयोग गर्छ– प्रशिक्षक गुरुङ


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली आर्चरी टोली अहिले ओलम्पिक २०२० को तयारीका लागि जापानमा अभ्यास गरिरहेको छ।

नेपाली टोलीले अगस्ट १ देखि आगामी सेप्टेम्बर ३ सम्म जापानको ओसाकाको टोकोसि शहर अभ्यास गर्नेछ ।

नेपालबाट अभ्यासका लागि आर्चरीसँगका ४ जना खेलाडी र एक जना प्रशिक्षक गरि पाँच जना सहभागी भएका छन् ।

जसमध्ये २ जना पुरुष खेलाडी र २ जना महिला खेलाडी रहेको आर्चरी संघका अध्यक्ष तथा प्रशिक्षक दिपक गुरुङले बताए ।
उनले नेपाली टोलीले जापानमा गरेको अभ्यासले काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रत्यक्ष सहयोग गर्ने बताएका छन् ।

‘यहाँ अभ्यास राम्रो भइरहेको छ । खेलाडीको फिजिकल फिटनेश देखि सबै कुरा सेड्युल अनुसार भइरहेको छ । नेपालमा भन्दा यहाँ अभ्यास गर्न सहज छ,’ प्रशिक्षक गुरुङले भने,‘यो अभ्यास खासमा हामीले ओलम्पिक २०२० का लागि भनेर शुरु गरेका हौं । तर, पनि यसले प्रत्यक्ष रुपमा सागलाई सहयोग गर्नेछ ।’

सागका लागि आर्चरीबाट १६ जना खेलाडी सहभागी हुनेछन् । जसमध्ये अहिले ४ जना जापानमा रहेका खेलाडी र बाँकी रहेका ८ जना खेलाडी अब केही दिनभित्रै अभ्यासका लागि पोखरा जाने प्रशिक्षक गुरुङले बताए । काठमाडौंको हल्चोकमा अभ्यास गरिरहेका आर्चरी खेलाडी सागको अभ्यासका लागि पोखरामा रहेको आर्चरीको ‘कोर्ट’ मा अभ्यास गर्नेछन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १२ : ५७ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता