गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु : हमास | Khabarhub Khabarhub

गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु : हमास


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा पट्टीमा विगत दिनको अवधिमा इजरायली आक्रमणमा परी दुई इजरायली बन्धकको मृत्यु भएको छ । 

इजरायली सेनाले विगत चार दिनमा गरेका सैन्य आक्रमणका कारण हमासले बन्धक बनाइराखेका दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएको हमासको सैन्य शाखा कासम ब्रिगेडले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘युद्धरत यस क्षेत्रमा अस्पतालहरूमा औषधी तथा स्वास्थ्यकर्मीको अभाव हुँदा उचित उपचार दिन असम्भव भएका कारण अवस्था अझ खतरनाक बन्दै गएको छ,  इजरायलले निरन्तर बमबारी र आक्रमणको कारण यी घाइतेहरूको जीवनको लागि पूर्ण जिम्मेवार रहेको छ ।’

यसैबीच हमासद्वारा सञ्चालित अल अक्सा टिभीले हमासका एक वरिष्ठ नेतालाई उद्धृत गर्दै भनेको छ, ‘गाजाको दक्षिणी शहर रफाहमा इजरायलको कुनै पनि सैन्य कारबाही हुनसक्ने बताएको छ ।’

सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आकस्मिक आक्रमणको बदला लिन इजरायलले गाजा पट्टीमा हमासविरुद्ध व्यापक मात्रामा आक्रमण सुरु गरेको थियो । 

हमाशको आक्रमणमा इजरायलमा करिब एक हजार २०० मानिसहरू मारिएका थिए भने २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार १७६ पुगेको र अन्य ६७ हजार ७८४ जना घाइते भएको जनाएको छ ।

-रासस

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  २ : ०७ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा