गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु : हमास « Khabarhub

गाजामा इजरायली आक्रमणमा दुई बन्धकको मृत्यु : हमास


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजा पट्टीमा विगत दिनको अवधिमा इजरायली आक्रमणमा परी दुई इजरायली बन्धकको मृत्यु भएको छ । 

इजरायली सेनाले विगत चार दिनमा गरेका सैन्य आक्रमणका कारण हमासले बन्धक बनाइराखेका दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य आठ जना गम्भीर घाइते भएको हमासको सैन्य शाखा कासम ब्रिगेडले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘युद्धरत यस क्षेत्रमा अस्पतालहरूमा औषधी तथा स्वास्थ्यकर्मीको अभाव हुँदा उचित उपचार दिन असम्भव भएका कारण अवस्था अझ खतरनाक बन्दै गएको छ,  इजरायलले निरन्तर बमबारी र आक्रमणको कारण यी घाइतेहरूको जीवनको लागि पूर्ण जिम्मेवार रहेको छ ।’

यसैबीच हमासद्वारा सञ्चालित अल अक्सा टिभीले हमासका एक वरिष्ठ नेतालाई उद्धृत गर्दै भनेको छ, ‘गाजाको दक्षिणी शहर रफाहमा इजरायलको कुनै पनि सैन्य कारबाही हुनसक्ने बताएको छ ।’

सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आकस्मिक आक्रमणको बदला लिन इजरायलले गाजा पट्टीमा हमासविरुद्ध व्यापक मात्रामा आक्रमण सुरु गरेको थियो । 

हमाशको आक्रमणमा इजरायलमा करिब एक हजार २०० मानिसहरू मारिएका थिए भने २५० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार १७६ पुगेको र अन्य ६७ हजार ७८४ जना घाइते भएको जनाएको छ ।

-रासस

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  २ : ०७ बजे

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित

बागमती– बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक

चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका

काठमाडौं महानगरले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग

प्रचण्डले भने- नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले