भरूवा बन्दुकको गोली लागेर युवकको मृत्यु « Khabarhub

भरूवा बन्दुकको गोली लागेर युवकको मृत्यु


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दिया शान्तिनगर गाउँपालिका–१ स्थित बान्द्रेखोला जंगलमा गोली लागेर एक युवकको ज्यान गएको छ।

इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र  मल्लका अनुसार शनिबार राति १ बजेतिर बबई गाउँपालिका–४ ठाटीखोलाका २४ बर्षीय तेजलाल खत्रीको शव जंगलमा फेला परेको थियो।

शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर जंगलमा मृत्यु भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक अजयजंग थापाको नेतृत्वमा गएको १३ जनाको प्रहरी टोलीले शान्तिनगरको बान्द्रखोला जंगलमा खत्रीलाई मृत अवस्थामा फेला परेको हो।

खत्रीको एउटा हात बारुदले जलेको जस्तो देखिएको र छातिमा भरुवा बन्दुकको गोली लागेको प्रहरीले जनाएको छ। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ।

खत्रीसँगै चोरी शिकारमा निस्किएका सबैको पहिचान भइसकेको भए पनि सबै फरार रहेको हुँदा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ६ : ५१ बजे

सरकारलाई अर्को झट्का : निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

काठमाडौं- प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले निजी सञ्चारमाध्यमलाई सूचना-विज्ञापन नदिन

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध अदालतको अवहेलना

काठमाडौं– सम्पत्ति जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूले सर्वोच्च अदालतको अन्तरिम

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान-धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड