आज २०८० साल फागुन १० गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल फागुन १० गते बिहीबारको राशिफल


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन १० गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी २२ तारिख। माग कृष्ण पक्षको त्रयोदशी तिथि। सौभाग्य सूर्यदान। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। गुमेको धन हात लाग्नेछ। रमाइलो यात्रामा निस्कने योग परेको छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा उतार चढाव रहने छ। परिवार र प्रेम सम्बन्धमा सफलता हात लाग्नेछ।

वृष : समय राम्रो छ। धन हात पर्नेछ। कर्ममा जुट्ने दिन हो। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र अब्बल रहेका छन्। परिवारको साथ र सहयोग राम्रो छ।

मिथुन : दैनिकी राम्रो छ। गुरुबाट साथ र सहयोग हुनाले मनमा उत्साह थपिने छ। कर्म क्षेत्रमा गरेको लगानीबाट घाटा हुँदैन। प्रयास भने निरन्तर गर्नुपर्ने देखिन्छ। विदेशमा भन्दा स्वदेशकै रोजगारीमा मन रमाउने छ। परिवारसँगको सम्बन्ध र माया प्रेम सुमधुर बन्नेछ।

कर्कट : समय राम्रो छ। चन्द्रमा दाहिना छन्। मनमा उत्साह बढ्नेछ। समाजमा प्रशंसा मिल्नेछ। बोलीमा होस् नपुग्दा जालमा फस्ने खतरा रहेकाले सोचेर बोल्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग रहनेछ।

सिंह : दैनिकी राम्रो छ। श्रमको क्षेत्रमा फाइदा हुनेछ। स्वदेशकै लगानीमा फाइदा हुनेछ। परिवारसँगको वादविवादले घाटा हुनसक्छ। आजको दिन धेरै तर्क नगर्नु राम्रो हुन्छ। थोरै बोल्नु नै हितकारी हुनेछ।

कन्या : दिन राम्रो छ। शान्त रहने र आफ्नो कर्मको फलमा सन्तुष्ट हुनुपर्ने योग रहेको छ। इष्टमित्र दाहिना छन्। रोगले छोड्ने छ। लगानीको राम्रो प्रतिफल मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ।

तुला : दिन राम्रो छ। परिवारको साथ मिल्नेछ। प्रतिस्पर्धी शान्त छन्। शिक्षाको लगानीबाट सोचेजस्तो फल नमिल्न सक्छ। पुरानो रोग बढ्ने खतरा देखिन्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। विदेशको लगानीले उत्साह बढ्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। आफन्तबाट आरोप सुन्नुपर्नेछ। वर र पिपलको दर्शन गरेमा काम बन्नेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। अभिभावकले अघि सरेर बोलेको काम राम्रो बन्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दैनिकी सामान्य छ। शनिदेवको छाया योग छ। हनुमानको भक्ति गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग राम्रो छ।

कुम्भ : समय सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। परिवारको नाममा काम गर्नु राम्रो हुन्छ। यात्रामा सचेत हुनुपर्ने देखिन्छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

मीन : दिन राम्रो छ। आम्दानीका बाटा धेरै हुनसक्छन्। लगानी गरेमा घाटा हुने छैन। धेरै राम्रो कामलाई थाती राखेर नराम्रो कामको खोजी गरिरहेका हुन्छन्। व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। परिवारबाट राम्रो साथ रहने छ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ६ : १३ बजे

आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध