साताका समाचार : कठघरामा प्रधानमन्त्रीदेखि, कांग्रेस महासमिति बैठकसम्म « Khabarhub

साताका समाचार : कठघरामा प्रधानमन्त्रीदेखि, कांग्रेस महासमिति बैठकसम्म


११ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताका मुख्य घटना समेटेर ‘साप्ताहिक ब्रिफिङ’ पस्कँदै आएको छ । यो साताको मुख्य घटनामा राजनीतिक गतिविधिले नै चर्चा पायो ।

यो साता विशेष गरी संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदसँग गरेको प्रश्नोत्तर अनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालको राजीनामा माग्दै प्रतिपक्षी दलले संसदमा गरेको अवरोध प्राथकितामा रह्यो ।

साथै पटक–पटक सर्दै आएको कांग्रेस महासमिति बैठकको प्रसङ्गले पनि नेपाली राजनीतिक वृत्तमा तरंग पैदा गर्‍यो । कांग्रेस महामन्त्री गगन थापाले महासमिति बैठकमा पेश गरेको साङ्गठनिक प्रतिवेदनमा आउँदो चुनावमा गठबन्धन नगर्ने विषय पनि चर्चामा रह्यो ।

कठघरामा प्रधानमन्त्री : बासी प्रश्न, पट्यारलाग्दो उत्तर

संघीय संसद प्रतिनिधिसभामा यो साताको पहिलो दिन प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदले सोधेका प्रश्नको जवाफ दिए । झण्डै एक घण्टा १५ मिनेट चलेको प्रश्नोत्तरमा प्रधानमन्त्रीलाई १३ जना सांसदले प्रश्न गरे । प्रधानमन्त्री दाहालले सबै प्रश्नको पालैपालो उत्तर दिएका थिए ।
सांसदका प्रश्नको क्रममा प्रधानमन्त्री दाहालले सुशासनलाई मुख्य प्राथमिकतामा राखे ।

सरकार सुशासन स्थापना गर्ने सवालमा कसैसँग सम्झौता गर्ने पक्षमा नरहेको बताएका प्रधानमन्त्री दाहालले सरकारले गरेको सकारात्मक कामको चर्चा नहुने गरेको भन्दै दुख व्यक्त गरे । साही बैठकको शून्य समयमा बोल्ने सांसदहरुले भने प्रधानमन्त्री दाहाललाई बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालाको विषयलाई लिएर नैतिकताको प्रश्नहरु तेर्साए ।

महामन्त्रीको प्रतिवेदनले कस्सियो महासमितिको गाँठो, दबाबमा देउवा

नेपाली कांग्रेसको महासमिति बैठक औपचारिक रुपमा सकिएको छ । नीति महाधिवेशनको रुपमा हेरिएको महासमिति बैठकले महामन्त्री तथा उपसभापतिका विभिन्न प्रतिवेदन पारित गरेको छ । चार दिन चलेको महासमिति बैठकमा जे जति विषयमा छलफल भए त्यो भन्दा धेरै चर्चा महामन्त्री गगन थापाकाृ साङ्गठनिक प्रस्तावलाई लिएर भयो ।

पार्टी सभापति शेरबहादुर देउवाको असहमतिका बीच महामन्त्री थापाले आफ्नो प्रतिवेदनमा आउँदो चुनाव कांग्रेस एक्लैले लड्ने प्रस्ताव बैठकमा लगेका थिए । उनको प्रस्तावलाई दिएर पार्टीमा तीव्र बहस भएपनि अन्तिम समयमा आएर सभापति त्यसमा सकारात्मक देखिएका थिए ।

गगन–विश्व सहकार्यमा तगारो, शर्माले रोजे देउवाको छहारी

कांग्रेस महासमिति बैठकमा हिन्दु राष्ट्रसम्बन्धी प्रस्ताव पेश

विश्वमा हार्दैछ लोकतन्त्र

आफूलाई लोकतन्त्रको मसिहा सम्झने नेपाली कांग्रेसको महासमिति बैठक चलिरहँदा देश विदेशमा लोकतान्त्रिक पद्धतीमाथि पनि बहस सृजना भए ।

पकेट पकेटका प्रजातन्त्र : विश्लेषक भन्छन– इतिहास भुल्दा दुख भो !

हामी अहिले लोकतन्त्रको वर्षमा छौँ । यो वर्ष सन् २०२४ मा विश्वभरका ६० भन्दा धेरै मुलुकमा निर्वाचनमार्फत लोकतन्त्रको अभ्यास हुने तय छ । तीमध्ये केही मुलुकमा निर्वाचन भइसके भने केही मुलुकमा चुनाव हुन अझै बाँकी छ ।

यो वर्ष विश्वका ४ अर्ब अर्थात् आधा जनसङ्ख्याले निर्वाचन प्रक्रियामा सहभागिता जनाउनेछन् । यो वर्ष यतिका धेरै देशमा जनप्रतिनिधिमूलक लोकतन्त्रको अभ्यास भइरहँदा लोकतन्त्रमा क्षयिकरण भइरहेको हो ? या विश्व राजनीतिक प्रणाली नै लोकतन्त्रबाट अधिनायकवादतर्फ ‘सिफ्ट’ हुन लागेको हो भन्ने चासो र चिन्ता उत्पन्न हुँदै आएको छ ।

राणाविरुद्ध लड्न राजा त्रिभुवनले खोलेका थिए ‘रक्तपात मण्डल’

यस्तै मनोरञ्जन तर्फ यो साता कृष्ण कँडेलदेखि पवन खतिवडा ‘म्याकुरी’ ले नेपाली संचार जगतलाई ततायो ।

‘म्याकुरी’ को घरकलह छताछुल्ल, के हो विवादको चुरो ?

‘म्याकुरी’ को प्रष्टोक्ति : श्रीमतीबाट पीडित भएँ, बाउ बन्न सक्दिनँ !

आइडलको उचाइमा मेनुकाको उडान

यस्तै यो साता नेपाली खेल जगतमा हर्ष र विस्मात दुबै पक्षले एक फन्को मा¥यो । नेपाली महिला फुटबल टिमले सनसनीपूर्ण नतिजा निकाल्दा क्रिकेटले भने केही निराशा जनक नतिजा ल्यायो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ७ : १४ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण