आज २०८० साल फागुन १६ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन १६ गते बुधबारको राशिफल


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल फागुन १६ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी २८ तारिख । कृष्ण पक्षको चौथी तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दैनिकी राम्रो छ । नयाँ साथीसँगको भेटले मन खुशी हुनेछ । शिक्षामा सफलता, स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा ठगबाट जोगिनुपर्नेछ । परिवारको सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । आर्थिक क्षेत्र सबल देखिन्छ । राजनीतिक क्षेत्रको लगानीले साथ दिनेछ । साथीको हुटहुटीले गर्दा पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ । व्यापार नछोड्नु राम्रो हुन्छ । परिवारबाट खुशी मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । डर र त्रास देखाएर फाइदा लिनेहरु सक्रिय छन् । गलत सोचले बदनाम हुने दिन छ । समस्यामा सहयोग गर्ने हुने छैनन् । आफ्ना योजना नसुनाउनु राम्रो हुन्छ । गुरुको साथ र सहयोग रहनेछ ।

कर्कट : दिन राम्रो छ । मनोकामना पूरा हुनेछ । मन खुशी हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । राजनीतिमा सेवा गर्ने मौका मिल्नेछ । परिवारको साथ रहनेछ । वैदेशिक क्षेत्रमा ठगले सचताउने भएकाले सचेत बन्नु राम्रो हुन्छ ।

सिंह : दिन राम्रो छ । आफूले आफूलाई मर्यादित राख्नु राम्रो हुन्छ । लगानीको क्षेत्र सबल छ । प्रशंसा हुनेछ । रोगबाट मुक्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । परिवारको साथ र सहयोग रहनेछ ।

कन्या : दिन राम्रो छ । साथीले सहयोग गर्नेछन् । लगानी भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । परिवारको मर्म बुझाबुझ नहुँदा खटपटी हुनेछ । सामाजिक क्षेत्रमा मान र सम्मान मिल्नेछ ।

तुला : दिन राम्रो छ । प्रयास गरेको क्षेत्रमध्ये स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ मिल्नेछ । शिक्षाको क्षेत्रमा कुरा काट्ने सक्रिय भएकाले सचेत हुनुपर्छ । सामाजिक क्षेत्रमा सेवा गर्ने मौका आएको छ ।

वृश्चिक : समय राम्रो छ । चन्द्रमाले साथ दिएको छ । व्यापार र शेयरमा लगानी भए फाइदा हुनेछ । चुपचाप आक्रमण गर्ने मित्र सक्रिय छन् । गलत काम खोजीमा उनीहरु सक्रिय छन् । परिवारको साथ भने राम्रो छ ।

धनु : दिन राम्रो छ । प्रतिस्पर्धीले नै साथ दिनेछन् । शिक्षामा गरेको श्रम लगानीबाट उत्साह मिल्नेछ । वैदेशिक लगानीबाट फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग रहनेछ । सामाजिक क्षेत्रमा भने विवाद हुनेछ ।

मकर : आजको दिन राम्रो छ । बोलीमा ख्याल नगर्दा आफन्तले चित्त दुःखाउन सक्छन् । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । लगानीको क्षेत्रमा लगानी गर्दा डराउनु पर्दैन । परिवारको साथ मिल्नेछ ।

कुम्भ : दिन सामान्य छ । अचानक रोगको चपेटामा पर्न सकिन्छ । आफूले आफूलाई ख्याल गर्नुपर्ने दिन छ । सामाजिक काम गर्दा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ । परिवारको साथ गुम्ने खतरा छ । वैदेशिक क्षेत्रको लगानीबाट भने सन्तोषजनक नतिजा मिल्नेछ ।

मीन : दिन राम्रो छ । गुमेको धन मिल्नेछ । राम्रो ठाउँको भ्रमण हुनसक्छ । रमाइलो गर्न खोज्ने साथीले खर्च बढाउने भएकाले सचेत बन्नुपर्ने देखिन्छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको सहयोग मिल्नेछ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : ०७ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा