गुगल म्यापको भर पर्दा दुई सातासम्म जङ्गलको बास, गुगलले माग्यो माफी « Khabarhub

गुगल म्यापको भर पर्दा दुई सातासम्म जङ्गलको बास, गुगलले माग्यो माफी


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् । तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ । गुगल नक्साको भर पर्दा दुवै जना एक साता जङ्गलमा फसेको समाचार बाहिरिएको छ ।

वास्तवमा दुई जर्मन पर्यटक फिलिप मायर र मार्सेल सिओन अष्ट्रेलिया पुगेका थिए । त्यहाँ दुवैले एक ठाउँबाट अर्को सहर जानका लागि गुगल म्याप प्रयोग गरेका थिए । केही टाढा गएपछि उनीहरूको गाडी जङ्गलमा हिलोमा फस्न पुग्यो ।

सुरुमा दुवैले अस्थायी आश्रय बनाउने प्रयास गरे तर यो योजना सफल हुन नसकेपछि दुवैले त्यहाँबाट पैदलै हिँड्नु नै उचित ठाने । फिलिप र मार्सेलले भने,  ‘हामीले यो यात्रामा जानु अघि गुगल म्याप प्रयोग गर्ने निर्णय गर्यौँ किनकी हामीले महसुस गर्यौँ कि गुगललाई हामी भन्दा बढी रुटहरू थाहा छ तर गुगल म्यापको भर पर्दा यो यात्रा दुःस्वप्न जस्तै बन्न पुग्यो ।’

जंगलबाट बाहिर निस्कन पैदलै खोला पार गर्नु पर्ने गुगल म्यापले बतायो । यति मात्र होइन, यसै क्रममा उनीहरूले एउटा गोहीको पनि सामाना गर्नु परेको थियो । यो घटनाको उजुर गरेपछि गुगलले गल्ती भएको स्वीकार गर्दै फिलिप र मार्सेलसँग माफी मागेको अन्तराष्ट्र्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसपछि गुगलले एक विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गर्दै यो सडक गुगल नक्साबाट हटाइएको जनाएको छ । यद्यपि, गुगलले फिलिप र मार्सेल सुरक्षित रहेकोमा राहत महसुस गरेको उसले जनाएको छ ।

यो घटनापछि नेभिगेसन एपहरू फेरि प्रश्नको घेरामा परेका छन् । यस्ता घटना यसअघि पनि भएका छन्, जब नेभिगेसन एपहरूले गलत गन्तव्यमा मानिसहरूलाई पुर्‍याउने काम गरिरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ८ : १६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका