आजका समाचार : राजनीतिक उठबसदेखि क्रिकेटमा हारसम्म | Khabarhub Khabarhub

आजका समाचार : राजनीतिक उठबसदेखि क्रिकेटमा हारसम्म


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने, सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्न, गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी, घर आएका ओली र प्रचण्डसँग माधव नेपालले गरे वाम एकताको माग, टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, नेपाल ४ विकेटले पराजितलगायतका समाचारले प्रमुख स्थान पाए ।

कांग्रेसले लियो समर्थन फिर्ता, प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।

सरकारको पूर्ववर्ती साझेदार नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने औपचारिक निर्णय गरेसँगै प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने भएको हो ।

सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र नबन्ने

यसअघि ०७९ पुस १० मा एमाले र माओवादीसहितको गठबन्धन सरकार बनेका बेला केपी शर्मा ओलीको संयोजकत्वमा सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने निर्णय भएको थियो ।

यसपटक भने संयुक्त सरकार चलाउन त्यस्तो राजनीतिक संयन्त्र नबनाइने भएको छ । ‘यसपालि सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्र बन्दैन,’ नेकपा माओवादी केन्द्रका एक नेताले खबरहबसँग भने, ‘प्रधानमन्त्री दाहालले आफ्नो तरिकाले सरकार चलाउनेछन्, यसमा एमाले अध्यक्ष ओलीबाट कुनै हस्तक्षेप हुनेछैन । कुनै राजनीतिक संयन्त्र बन्दैन ।’

गृहसहित ४ मन्त्रालयमा रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ ।

नयाँ सत्ता साझेदार दल रास्वपाले गृह, शिक्षा, श्रम र उर्जामन्त्रालयमा दाबी गरेको हो । उच्च स्रोतका अनुसार गृहमा रबि लामिछाने, उर्जा मन्त्रालयमा स्वर्णिम वाग्ले , श्रम मन्त्रालयमा डोलप्रसाद अर्याल (डिपी) र शिक्षामा शिशिर खनाल पठाउने योजना छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन् ।

प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाएकोप्रति शेखर कोइराला असन्तुष्ट

नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनु सामान्य नभएको बताएका छन् । उनले सोमबारको घटनामा असन्तुष्टि जनाएका छन् ।

राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य भएतापनि हिजोको घटना सामान्य नभएको बताए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली कांग्रेसलाई महङ्गो सावित भएको बताए।

सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले बुधबार निर्णय लिने

नेकपा एकीकृत समाजवादीले बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक बोलाएको छ ।

नयाँ सत्ता समीकरणको सहभागी हुन प्रस्ताव आएपछि समाजवादीले बैठक बोलाएको हो ।

घर आएका ओली र प्रचण्डसँग माधव नेपालले गरे वाम एकताको माग

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम एकताको माग गरेका छन् ।

भेटवार्ताका लागि आफ्नो निवास आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीसँगको कुराकानीमा उनले वाम एकता भएमात्रै आफ्नो पार्टी सरकारमा जाने अडान लिएका हुन् ।

लुम्बिनी सम्मेलन स्थगित

लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना हुने तय भएको ‘लरेट्स एण्ड लिडर्स’ शिखर सम्मेलन स्थगित गरेको छ ।

आज बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यही फागुन २८ र २९ गतेका लागि तय भएको शिखर सम्मेलन विशेष कारण देखाउँदै स्थगित गर्ने निर्णय गरेको हो ।

महाशिवरात्रि : पशुपतिनाथमा साधुसन्त आउन थाले

महाशिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा साधुसन्त आउने क्रम सुरू भएको छ ।

नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका हुन् । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ ।

 अन्तर्राष्ट्रिय..

भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री सरिफलाई बधाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो ।

मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए । पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का सेना समर्थित ७२ वर्षीय सरिफले आफ्नो ऐतिहासिक प्रतिद्वन्द्वी पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र धेरै साना गुटहरूसँग गठबन्धन गरेर सरकार बनाएका छन् । हाल कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका वफादारहरूलाई सरकारबाट बाहिर राख्न उनले यस्तो गरेको विश्लेषण गरिएको छ ।

उत्तर प्रदेशका योगी आदित्यनाथ भारतकै सबैभन्दा लोकप्रिय मुख्यमन्त्री

एक सर्वेका अनुसार भारत उत्तर प्रदेशका योगी आदित्यनाथ सबैभन्दा लोकप्रिय मुख्यमन्त्री बनेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । मेटराइजले जी न्युजको लागि गरेको सर्वेमा यस्तो पाइएको हो ।

नेपाल आउँदै गरेका ब्राजिलियन भ्लगरलाइ बलात्कार गर्ने तीन भारतीय पक्राउ

पूर्वी भारतमा प्रहरीले एक विदेशी पर्यटकलाई सामूहिक बलात्कार गर्ने तीन जनालाई पक्राउ गरिएको छ । साथै, श्रीमतीलाइ बलात्कार गर्ने क्रममा ती संदिग्धहरूले उनको पतिलाई आक्रमण गरेको आरोपमा तीन जना पुरुषलाई पक्राउ गरेको जनाइएको छ ।

महिला विरुद्धको यौन हिंसा रोक्न दशकौं लामो संघर्षलाई उजागर गर्ने एउटा मुद्दामा थप चार संदिग्धहरूको खोजी गरिरहेका भारतीय प्रहरीले जनाएको छ।

खेलकुद…

टी-२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई, नेपाल ४ विकेटले पराजित

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले खेल सकिन तीन बल अगाडी १८९ रन बनायो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : १८ बजे

बाबुरामको प्रश्न- पूर्वमाओवादीहरु किन एकैठाउँ आउने, प्रचण्डलाई सत्तामा पुर्‍याउन ?

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरू

राष्ट्र बैंकले बढायो स्मारिका सिक्का र मेडालियनको मूल्य

काठमाडौं– नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य वृद्धि

सुन्दरीघाटबाट पुनः पानी वितरण

काठमाडौं–  खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको किर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी

‘हिराको कण’ ले जलवायु परिवर्तनको असर रोक्ने

काठमाडौं– औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन् ।

गृहमन्त्रीलाई तोसिमाको प्रश्न- कारागारमा लामखुट्टे भगाउने धूप खै ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले कास्की कारागारमा लामखुट्टे